महंगीले छुनै नसकिने तरकारी !

काठमाडौँ  । दशैं बिदाका लागि आम उपभोक्ताले राजधानी छोड्दै गरेका बेला दैनिक उपभोग्य वस्तुको माग घटेको छ ।

विद्यार्थी, शिक्षक तथा मजदुरी गर्नेहरुले धमाधन राजधानी छाडेसँगै उपभोग्य वस्तुको व्यापार घटेको थोक तथा खुद्रा व्यवसायीहरुले बताउँछन् । तर, माग घटे पनि सर्वसाधारणले सबैभन्दा बढी उपभोग गर्ने हरियो तरकारीको मूल्य भने दिनहुँ बढिरहेको छ ।
राजधानी बाहिरबाट फर्किने सवारी साधनले सस्तो दरमा ढुवान गिर्ने बेलामा समेत तरकारीको मूल्य बढ्नुलाई धेरैले अस्वभाविक रुपमा लिइएको छ ।

कीर्तिपुरको एक पसलमा आइतबार बिहान रायोको साग किन्दै गरेकी सर्लाहीकी लीला तामाङ बजार मूल्य दिनहुँ बढेको देखेर हैरान भएको बताइन् । तरकारीको भाउ छोइनसक्ने गरी बढेको उनले बताइन् । कारोबार दैनिक