ढकतराजु परीक्षण नहुँदा उपभोक्ता ठगिँदै

काठमाडौँ । तरकारी तथा फलफूल नापतौलका सामाग्री नियमित परीक्षण नहुँदा उपभोक्ता ठगिने गरेका छन् ।व्यापारीका नापतौल मेसिन वर्षैंदेखि गुणस्तर मापन नहुँदा उपभोक्ता सजिलै ठगिएका हुन् । काभ्रे जिल्लाको प्रमखु व्यापारिक केन्द्र बनेपा, पनौती, धुलिखेलका चोक, अरनिको र बीपी राजमार्गका आसपासमा करिब दुई सयभन्दा बढी व्यापारीबाट उपभोक्ता ठगिँदै आएका छन् ।

एक किलो फलफूल र तरकारी किन्दा एक सयदेखि दुई सय ग्रामसम्म तौल कम हुने गरेको उपभोक्ताको गुनासो छ । वर्षैदेखि खिईसकेको ढकतराजुले सामान जोख्दा तौल कम हुने भएपनि बाध्यतावश किन्नपरेको उपभोक्ताको भनाइ छ । अन्नपुर्ण पोष्ट