चुनाव नगर्ने ? भन्ने ओलीको प्रश्नमा देउवाले के भने ?

काठमाडौँ । एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओलीले संविधा संशोधनका लागि पार्टीले कुनै आग्रह पालेर नबस्ने बताएका छन् । ‘संविधान संशोधन औचित्य र आवश्यकताका आधारमा गर्न सकिने कुरा हो,’एमालेले शनिबार गरको चियापानमा ओलीले भने,‘हामी कुनै आग्रह लिएर बस्दैनौ ।’उनले आवश्यकता र औचित्य भने छलफलमा आउने उल्लेख गरे ।

चियापानमा सहभागी सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि एमालेको सहयोग लिने विश्वास व्यक्त गरे । ‘एमालेले संविधान संशोधन आवश्यक छैन भनेको छैन,’ देउवाले भने,उहाहरुले औचित्य भनिरहनुभएको छ ,तर (संविधान संशोधनमा सहमति)मिल्छ।’ त्यस अवसरमा देउवा र ओलाीलाई पत्रकारहरुले ‘चुनाव समयमौ हुन्छ ?’ भनेर एकसाथ सोधेका थिए । सँगै रहेका देउवालाई ओलीले सोधे,‘निर्वाचन त गर्नैपर्छ होइन,सरकारको धारणा के छ ?’देउवाले संक्षिप्त जवाफ दिए,‘निर्वाचन हुन्छ,हुन्छ,हुन्छ । गर्ने,गर्ने,गर्ने ।’ कान्तिपुर