धादिङमा झन्डै ३ अर्वको तरकारी

काठमाडौँ । परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसान यतिबेला तरकारी खेतीमा व्यावसायिक बन्न थालेका छन् । राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपतसँग सिमाना जोडिएका र आसपासका गाविसका किसानहरु बह्रमासे तरकारी खेतीमा लागेका छन् । केही बर्ष अघिसम्म तेलमसलाका लागि मात्रै तरकारी बेचन किसानाहरु अहिले छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै लाखौंको तरकारी बेच्ने भइसकेका छन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार ६ हजार २२ हेक्टर (१२ हजार ४ सय ४०रोपनी)क्षेत्रफलमा तरकारी खेती गरिएको छ । जिल्लाभर ७६ हजार ४ सय ७९ मेट्रिक टन तरकारी उत्पानदन हुन्छ । जिल्लाको छत्रेदेउराली, जीवनपुर,नौबिसे, थाक्रे,तर्सपु,केवलपुर, गोगनपानी र भुमेस्थान गाविस व्यवसायीक तरकारी पकेट क्षेत्र हुन । कारोबार दैनिक