बैंकहरूले आजबाट कर्जाको ब्याज पनि बढाए

काठमाडौँ । दसैंअघि मुद्दती निक्षेपको ब्याज बढाएका वाणिज्य बैंकहरूले अहिले कर्जाको ब्याजदर पनि बढाउन थालेका छन् । निक्षेपको ब्याज बढेपछि पुँजीकोष लागत बढेकाले कर्जाको ब्याज पनि बढाउन लागेका हुन् । दसैं बिदापछि कार्यालय खुलेकै दिन बैंकहरूले ऋणीलाई फोनमार्फत कर्जाको ब्याज कात्तिक १ देखि बढ्ने जानकारी दिएका छन् ।

बजार माग र आपूर्तिका आधारमा ब्याजदर घटबढ हुनु स्वाभाविक भए पनि एकैपटक सबै बैंकहरूले समान दरमा ब्याजदर बढाउनु अस्वाभाविक भएको उद्योगी व्यवसायीको गुनासो छ । उनीहरूका अनुसार अहिले बैंकहरूले अल्पकालीन प्रकृतिका आवधिक कर्जा (टीआर) को ब्याजदर १ देखि २ प्रतिशत सम्मले बढाएका छन् । यही बहानामा केही बैंकहरूले अन्य प्रकृतिका कर्जाको दर पनि सामान्य रूपमा बढाएका छन् । कान्तिपुर