दुई वर्षदेखि परिचरको भरमा हेल्थपोस्ट

काठमाडौँ । पर्साको घोडदौड पिपरा ८ लक्ष्मीपुरमा रहेको स्वास्थ्थ चौकी २ वर्षदेखि परिचरको भरमा चलिरहेको छ ।

हेल्थपोस्टमा एक जना हेल्थ असिष्टेन्ट एचए, ३ जना अहेव , दुइ जना अनमी र एक जना परिचर गरी ७ कर्मचारीको दरबन्दी छ तर, २ वर्षदेखि परिचर सुरेश राउत कुर्मीकै भरमा हेल्थपोस्ट चलिरहेको स्थानीय जगदिश साहले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयले परिचर पनि नपठाएपछि गाविस कार्यालयले स्थानीय स्रोतबाट मासिक ४ हजार रुपैयाँ तलव दिएर कुर्मीलाई हेल्थपोस्टमा राखेको हो ।

सामान्य लेखपढमात्र गर्नसक्ने कुर्मीले नै हेल्थपोस्टमा उपचारका लागि आउने विरामीलाई हचुवाका भरमा औषधि दिन्छन् ।
हेल्थपोस्टमा कार्यरत अनमी पुनमदेवी रौनियार सातामा एक दुई दिनमात्र आउँछिन् । अन्नपूर्ण पोस्ट