पारिवारिक साइनोमा राष्ट्रपति–पूर्वराष्ट्रपति

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति ड. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवार साइनोमा जोडिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति यादवका नाति अभिषेक यादवसँग हुन लागेको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उनीहरूको इंगेज्मेन्ट (टीकाटालो) भएको छ ।

अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग २ वर्षदेखि नै चलेको थियो ।

अध्ययनलगायत कारणले सरेको थियो । यही माघमा विवाह गर्ने तयारीमा दुवै परिवार रहेको यादवको पारिवारिक स्रोतले कान्तिपुरलाई बतायो । टीकाटालो कार्यक्रम गोप्य राखिएको थियो ।

दुई राजनीतिक पृष्ठभूमिको परिवारबीचको कार्यक्रम भए पनि समारोहमा दलका कार्यकर्ताको उपस्थिति थिएन । एमाले अध्यक्ष केपी ओली भने पत्नी राधिकासहित शीतल निवास पुगेका थिए ।

‘पारिवारिक कार्यक्रम भएकाले हल्लाखल्ला गर्नुपर्ने कारण भएन । धेरैलाई बोलाएका पनि थिएनौं,’ अभिषेकका पिता मुनिलाल यादवले भने । २९ वर्षीय अभिषेक बूढानीलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् ।

उतिबेलादेखि प्रेममा रहेका दुवैको परिवारिक सहमतिमा विवाह हुन लागेको हो । इन्जिनियरिङ पढेका अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट समेत उच्च शिक्षा लिएका छन् । निशाकुसुमले भने नयाँदिल्लीबाट एमबीबीएस गरेकी छन् । ‘ज्योतिषीबाट हेराई विवाहको दिन तय गर्ने भनिएको छ’, शीतल निवास स्रोतले बतायो । कान्तिपुर दैनिक