कक्षा १० को परीक्षा पनिकाले नै लिने

काठमाडौँ । कक्षा १० को अन्त्यमा लिइने परीक्षा यसवर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परीक्षा सञ्चालनको लागि आवश्यक तयारी सुरु गरेको छ ।

शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा दिने बताइएको थियो । तर बोर्डको केन्द्रीय संरचनाले पूर्णता नपाएको तथा क्षेत्रीय कार्यालय स्थापना हुन नसकेकाले यस वर्ष कक्षा दशको परीक्षासम्बन्धी सम्पूर्ण जिम्मेवारी पनिकालाई दिइएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । अन्नपूर्ण पोस्ट दैनिक