काभ्रे बस दुर्घटना: मृतकको संख्या ३२ पुग्यो, उद्धार गर्न हेलिकप्टर गयो (अपडेट)

काठमाडौँ । काभ्रेमा आज भएको बस दुर्घटनामा मृतकको संख्या ३२ पुगेको  छ । काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त भएको हो ।

accident kavre1

क्षमत भन्दा बढी यात्रु बोकेको बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।  सुरक्षाकर्मी र स्थाीयवासीले अहिले पनि उद्धारको काम गरिरहेका छन् । बसमा ५० भन्दा धेरै यात्रु रहेको अनुमान गरिएको छ । accident kavre

दुर्घटनाका घाइतेलाई ल्याउन नेपाली सेनाले हेलिकप्टर घटनास्थल पठाएको छ । घाइतेलाई उद्दार गर्न नेपाली सेनाको एम आइ १७ हेलिकप्टर कोशीपारी पठाइएको नेपाली सेनाका प्रवक्ता तारा बहादुर कार्कीले जानकारी दिए ।aci