आमाले गीत गाउँदा पेटमा भएको बच्चाले ताली बजाएको भिडियो भाइरल (भिडियोसहित)

सुन्दा अचम्म लाग्ला तर यो सत्य हो  । हालै सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोले साधारण मान्छेका साथसाथै वैज्ञानिकलाई पनि आश्चर्यमा पारेको छ । आमाको गर्भमा भएको १४ हप्ताको एक बच्चाले आमाबुवाले गीत गाउँदा ताली बजाएको देखिन्छ ।

यसरी गर्भे बच्चाले ताली बजाएको तस्वीर अल्ट्रसाउन्ड इमेजमा कैद भएको छ । ब्रिटेनमा भएको यो घटनाका बारेमा बच्चाका आमाबुवाले सञ्चारमाध्यमलाई बताउँदा कसैले पत्याएनन् । त्यसपछि फक्स न्युज च्यानलले बच्चाको यो हरकतलाई लाइभ देखाइदिएपछि मान्छेले पत्याए ।

चिकित्सकहरू पनि आफ्नो जिन्दगीमा कहिल्यै यस्तो घटना नदेखेको बताउँछन् ।