छोरीको आश गर्दा गर्दै १३ छोरा

काठमाडौँ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् ।

यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् । फुटबलका पारखी ४० वर्षीया यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् ।

यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् । दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् ।

यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन् ।