अनौठो बालक जसको निधार, हात र छातीमा त्रिशुल र स्वस्तिकको चिन्ह

भारतको रामगढ़मा  एक अनौठो किसिमको  बालकले जन्म लिएको छ । बालकको जन्म यही १० अगष्टमा भएको हो । अहिले यो बालकलाई हेर्न त्यहा भिड लाग्ने गरेको छ । कारण त्यस बालकको निधार, हात र छातीमा त्रिशुल र स्वस्तिकको चिन्ह् देखिने गरेको छ ।

जसका कारण बालकलाई हेर्नका लागि रामगढ लगायतका आसपासका स्थानबाट मानिसहरुको ओइरो लाग्ने गरेको छ । बालकलाई कसैले दुुर्गाको अवतार त कसैले शिवको अवतार मानिरहेका छन् । स्थानिय अरुण कुवरको घरमा जन्मेको उक्त बालकको निधारमा प्रष्ट रुपमा त्रिशुलको चिन्ह् देख्न सकिन्छ ।

अचम्मको कुरा त के छ भने त्यो आकृति कहिले देखिन्छ कहिले हराएर जान्छ । दिनको उज्यालोमा आकृति प्रष्ट देखिन्छ भने रातीको अँध्यारोमा भने पुुन गायव हुन्छ ।

बालकको यस्तो अनौठो स्थिति देखेर स्थानिय डाक्टरहरु समेत हैरानीमा परेका छन् । उनीहरुका अनुसार हाल बालकको स्वास्थ्यस्थिति ठिक रहेको र जाँचपताल भइरहेको बताएका छन् । डाक्टरहरुले बालकलाई  हिमान्जयोमा नाम गरेको बिरामीका कारण यस्तो भएको हुनसक्ने अनुुमान लगाएका छन् ।