कञ्चन रेग्मीका छोरा सागरले फेसबुकमा लेखे

हामी आम़ाबाट लत्याइएका अभागी छोराहरु हौँ, आमालाई लत्याएका होइनौंkanchan

यो संसारमा कुनै न कुनै समस्या र पीडा नभएका मानिस शायदै छन् होला । नीजी जीवनका पानाहरु पल्टाउदा सबैले आफु लाई कहिँ न कहिँ दुखि भेटाउँछ । सुख र आनन्दका क्षण पनि हुन्छन नै । कलिलो मस्तिष्क भएको बाल्य जीवन मा घरायशी किचलो को पिरोलो भोग्न बाध्य म र मेरो दाजु आज पनि अनाहकमा अन्जान मानिसहरु द्वारा अपमानित हुनु पर्दा निकै दुखित भएको छु । वास्तवमा हामीले के गल्ति ग¥यौं र यति धेरै मानिसहरुले हामीलाई गाली गरिरहेका छन् ? के समाजका मानिसहरु यति एकोहोरो हुन मिल्छ ? घटनाकोबारेमा सबै कुरा नबुझी दिइने र दिइएका प्रतिक्रिया कसरि सहि हुन सक्छन ? भोग्ने भन्दा सुन्ने जान्ने हुन त सक्दैन होला नि ? मेरो पारिवारिक अवस्थाका बारेमा बुझेका साथिहरु लाई त मैले स्पस्टिकरण दिनु पर्ने छैन । सामाजिक संजालका प्रतिक्रिया हेर्दा घटना को वास्तविकता थाहा नपाउनेहरु नै स्वघोषित न्यायाधिश भएर फैसला सुनाइ रहेको देखें । तीनै न्यायाधिशहरुले हामीलाई दोषी करार गरि रहेका छन् , हामिलाई कर्तव्यको पाठ सिकाई रहेका छन् । हामि माथि गालिको बर्षा गरि रहेछन । सबैको परिवार हुञ्छ, परिवारमा केहि न केहि समस्या हुन्छन । विवेक बन्धकी राखेर जथाभावी गालिको वर्षा गर्नु अमानवीय कार्य हैन र ? हामि पनि मानिस हौँ र हाम्रो पनि मन, भावना र ममता छ । न त हामि कुन हिंश्रक जनावर हौँ न त पेशेवर अपराधी नै ।कान्तिपुर टेलिभिजनमा प्रसारण भएको सुमन संग नामक कार्यक्रम को मुख्य पात्र हाम्रो आम़ा कन्चन र शर्मा को कुरा मैले पनि सुनें । कार्यक्रम प्रसारण भएको समयमा मेरो परिक्षा चलि रहेको थियो क्ष् कार्यक्रम प्रसारण भैसके पछि मेरो शरीर र मस्तिष्क नै थला परे जस्तो भयो । हाम्रो परिवारमा आमाको अस्वाभाविक र अमर्यादित काम , क्रियाकलाप र व्यवहार क कारण दरार पैदा हुदै बिखन्डन भएको हामि दुवै दाजु भाईले देखेका छौं। दाई त अहिले सम्म सम्हालिन सक्नु भएको छैन । भविस्यको अनुमान लगाउन नसक्ने हामि अबोध बालकलाई आमा बुबाको माया र मार्गदर्शनको खाँचो भएको समयमा आमाले हामिलाई एक बचन नसोधी घर छोड्नु भयो । लामो समयसम्म पारिवारिक जिम्मेवारीबाट अलग्गिए पछि आमा र बुबाको बीचमा अदालतको माध्यमबाट सम्बन्ध बिच्छेद भयो । हाम्रो बुबा को काँधमा आमा र बुबा दुवै को जिम्मेवारी उठाउनु पर्ने भार पर्यो। बुबा को सहनशीलता , लगन, माया र ममता ले हामि अघाडी बढेऔं । आमा ले घर छोडदा मा १३ बर्ष को थिएँ र कक्षा ८ मा पढथें । आमा क लागि केहि नगरेको आरोप लगाउनेहरु लाई सोध्न चाहन्छु । मलाई आमाको माया र भरोशा आवश्यक थियो कि तिरष्कार र घृणा ?
पराइलाई आफन्त र आफन्तलाई पराइ ठान्ने काम त स्वयम् हाम्री आमाले गर्नु भयो जस कारण हाम्रो परिवार एक हुन सकेन । हो , हामी ले बुबाको पक्ष लियौ‌। बुबाको पक्ष किन लिएको भनेर तपाईहरु कसैले हामीलाई सोध्नु भयो ? बुबा र आमाको झगडामा बुबा सहि हुनुहुन्थ्यो, आमा गलत हुनुहुन्थ्यो, त्यस कारण हामिले बुबाको साथ् दियौ‌ । आमाले गर्नु भएका अमर्यादित काम म सामाजिक संजाल म़ा ब्यक्त गर्न सक्दिन । अनि आमाका बनावटी कुरा सुनेर हामि माथि अन्याय गर्ने अधिकार सामाजिक संजाल प्रयोगकर्तामा कहाँ बाट प्राप्त भयो ? येदि यो देश म़ा नियम कानुन छ र यो कानुनि राज्य हो भने हामिमाथि त्यसरी अन्यापूर्वक गालिको वर्षा गर्नेहरु माथि आवस्यक कानुनि कार्यवाही गरि पाउन यसैबाट अनुरोध गर्दछु । सन्तानको लागि आमा र बुबा दुवै भगवान सरह हैनन ? के हामि ले आमाले गरेका गल्ति को लागि पनि बुबालाई दोषी ठान्नु न्यायोचित हुन्थ्यो ? आमाले हामि लाई लगाउनु भएको आरोप टक्सन गाडीम़ा चढेर हात हल्लाएर बाई बाई गरे भन्ने कुरा सुनेर सबै मानिस हामि माथि जाइलाग्नु भएको हैन ? हामि संग टक्सन गाडी कहाँ छ ? मैले र दाईले मोटर साइकल चद्छौँ ।
आम़ाको सम्बन्ध बिच्छेद बुबासंग भएको हो, अरुको साहाराम़ा बाँची रहेका आफ्नै छोराहरु माथि एउटी आम़ाको यस्तो लान्छना किन रु आमालाई हामीले लत्याएका हैनौं, हामि आम़ा बाट लत्याइएका अभागी छोरा हरु हौँ सत्य यहि हो ।