गीतकार उपाध्याय र काँडाको सम्बन्ध (भिडियो सहित)

“पाउमा काँडा विझ्ला है प्रिय हिँड्नु ल सुस्तरी
आँखाको गाजल झर्लाै है प्रिय नझिम्काउ परेली”

बर्तमान नेपाली आधुनिक सङित को गहकिला र अत्यन्तै चर्चित गीतकार हुन् गोबिन्द प्रसाद उपाध्याय। उनै द्वारा रचित माथिको हरफको गीत अहिले सर्वाधिक चर्चित छ। गीतकार उपाध्याय हाल धेरै गीतलेखन कार्यमा ब्यस्त हुनुहुन्छ।

माथिका हरफलाई उदयमान गायक नविन थापाले स्वरवद्ध गरेको पाउमा काँडा विझ्लागीतको बोल सामाजिक सञ्जाल युटुबमा भिडियो सार्वजनिक भएको छ । छोटो समयमै युटुबमा गीत मनपराउने दर्शकको क्रमिक रुपमा वृद्धि भईरहेको छ ।

नेपाली सांगितिक उद्योगमा भर्खर पाईला चालेका गायक थापाको यो प्रस्तुतीले भने सबैको मन जित्न सफल भएको छ ।

गीतका हरफसँगै कर्णप्रीय आवाजमा रहेको गीतका शब्द रचना गोविन्द प्रसाद उपाध्यायले गरेका हुन् । गीतमा अनिस श्रेष्ठको संगितलाई सुन्दर लामाले संगित संयोजन गरेका छन् ।

नायिका बेनिसा हमालको तारिफ योग्य अभिनयसँगै साथ दिएका निर्जन थापाले पनि आफ्नो कलालाई दम्दार प्रस्तुत गरेका छन् ।हमाल र थापाको उत्कृष्ट केमेष्ट्रिलाई पर्दामा उतार्दै आफूलाई अब्बल साबित गरेका छन् निर्देशक निकेश खड्काले ।

बर्तमान नेपाली सङीतको क्षेत्रमा आधुनिक र गजल सङीतमा निकै चर्चित र मर्म स्पर्शि शब्द कोर्ने गीतकारको रुपमा चिनीन्छन गीतकार गोबिन्द प्रसाद उपाध्याय । हाल सम्म आफैले सत्यता र सत्यता -२ एल्बम बजारमा ल्याईसकेका र छोटो समयमा नेपाली सांगीतिक फाटमा शिर्ष स्थान ओगट्न सफल गीतकार उपाध्यायले सत्यता-३ को एक गजलको अडियो युबटुब मार्फत सार्वजनिक भएको छ।