शहरी विकास मन्त्रालयमा कार्यभार ग्रहण गर्न दुई राज्यमन्त्री पु्ग्दा …

१५ मंसिर, काठमाडौं । अाजै सपथग्रहण गरेका दुई राज्यमन्त्रीले शहरी  विकास मन्त्रालयको कुर्सीमा बस्न खाेजेपछि कर्मचारी समस्यामा परेका छन् ।

सपथग्रहण पछि मिठु मल्ल शहरी विकास मन्त्रालय पुगिन् । मन्त्रालयमा राज्यमन्त्रीको नाम बोर्ड सुवर्ण ज्वारचनको राखिएको थियो । तर, मिठु मल्ल म हो राज्यमन्त्री भन्दै त्यहाँ पुगेपछि उनको नाम कागजले पि्रन्ट गरेर राखिएकाे थियाे।

त्यसको केहीसमयमै ज्वारचन पनि झण्डा हल्लाउँदै मन्त्रालयमा पुगिन् । उनले पनि आफूले शहरी विकास राज्यमन्त्रीमै सपथग्रहण गरेको बताउँदै कुर्सी मागिन् । त्यसपछि कर्मचारीलार्इ बडाे अापत परेकाे हाे ।