‘थुइक्क साला यस्तो पनि प्रदेश हुन्छ ? झाँक्री

१६ मंसिर,काठमाडाै । एमाले नेतृ रामकुमारी झाँक्रीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध बेसरी आक्रोश पोखेकी छन् ।

झाँक्रीले राजनीतिक व्यक्तिले प्रयोग गर्न नहुने खालेकाे तल्लोस्तरको शब्द प्रयोग गरेकी छन् । उनीले क्राेधित हुँदै संविधान संशोधन विधेयक अघि सार्नेमाथि गालीगलौज गरेकी छन् । उनीले नाम उल्लेख नगरे पनि उनको संकेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर परिलक्षित छ । ‘थुइक्क साला यस्तो पनि प्रदेश हुन्छ ? साला संघीयता प्रशासनिक सुगमताका लागि हो कि ? त्यसका बाउलाई रिझाउन हो ?’ झाँक्रीले ट्वीटमा लेखेकी छन् । बाउ भनेर उनले दक्षिण छिमेकी भारतलाई इँगित गर्न खोजेकाे पनि प्रष्टै हुन्छ ।
एमालेले भारतको निर्देशनमा मुलुक टुक्रयाउने अभिप्रायले संशोधन प्रस्ताव ल्याएको भन्दै त्यसलाई असफल पार्न सडकका साथै सदनबाट आन्दोलन घोषणा गरिसकेको छ । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाएर चार नम्बरमा मिलाउने प्रस्तावको विरुद्ध एमाले रहकाे छ ।