काष्ठमण्डप बैंकको एटिएम नाम्चेमा

काठमाडौं, मंसिर १६ । काष्ठमण्डप डेभलपमेन्ट बैंकले विश्वको सर्वोच्च शिखर सगरमाथा जाने प्रवेशद्धार नाम्चेबजारमा एटिएम सेवा सन्चालनमा ल्याएको छ । ११ हजार दुई सय ८६ फिट उचाईमा रहेको साे स्थानमा एटिएम मेसिन सन्चालनमा ल्याएर बैंकले खुम्बुक्षेत्र पदमार्गमा जाने पर्यटकलाई नगद बोकेर हिड्ने झन्झटबाट मुक्ति दिलाएको छ ।

बैंकले काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित होटेल आर्टसमा पनि एटिएम सेवा सन्चालनमा ल्याएको जनाएको छ । यससँगै बैंकले १० वटा स्थानबाट एटिएम सेवा सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।