विभिन्न जिल्ला अनिश्चिकालका लागि बन्द, प्रदर्शन

बुटवल । बुटवल, भैरहवा, पाल्पा लगायतका जिल्लाहरुमा आज पनि बिहानैदेखि ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध प्रदर्शन भएकाे छ । बन्दका भएका कारण बुटवल लगायत रुपन्देहीको जनजीवन निकै प्रभावीत भएको छ । अनिश्चितकालीन रुपन्देही बन्दको आव्हान गरेको अनेरास्ववीयु लगायतका विद्यार्थी संगठन तथा अखण्ड प्रदेश नम्बर ५ दवाव अभियान लुम्बिनीले बिहानैदेखि प्रद्धर्शन सुरु गरेकाे हो । बन्दका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी बन्द छन् ।

केन्द्रमा सीमांकन संशोधनमा सहमत देखिएका सबै दलका कार्यकर्तासमेत विरोधमा उत्रीएका छन् । पाल्पामा पनि बिहानैदेखि प्रदर्शन गरिएको छ । ५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा पाल्पाका युवा तथा विद्यार्थीले बन्द आह्वान गरेका छन् । पाल्पा बन्दले पाल्पाको तानसेन लगायत ग्रामीण भेगका साथै सिद्दार्थ राजमार्ग र गुल्मी, अर्घाखांची जाने सडकमा सवारी साधन ठप्प भएको छ ।