डा. केसी अत्यन्त गम्भीर 

काठमाडौ । चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै अनशन बसेका त्रिवि शिक्षण अस्पतालका डा. केसी अत्यन्त गम्भीर  भएका छन्  । सहकर्मी डा. केपी सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिन स्वीकार नगर्ने अडानपछि संस्थानभित्र केसीको आन्दोलनका पक्ष र विपक्षमा मतहरु अार्इरहेका छन् ।
यसकै कारण चार वर्ष अवधिमा केसीले १० औं पटक सुरु गरेको अनशन अवधि याे सबैभन्दा लामो बनेकाे छ । अनशन अवधि लम्बिँदा उनको स्वास्थ्य स्थिति गम्भीर बनेपछि चिकित्सकले बोल्नसमेत राेकेका छन् । सरकारसँगै संस्थानका विभागीय प्रमुखहरूले सिंहको नियुक्ति र योग्यतालाई पूर्ण समर्थन गरेका छन् ।

सिंहको कार्यकाल तीन महिनामात्रै भएकाले उनलाई काम गर्न दिनुपर्ने र मापदण्डका आधारमा अर्को डिन नियुक्त गर्ने मध्यमार्गी बाटो उनीहरूले सुझाएका छन् । बैठकमा उपस्थित सिंहले आफू निमयम्मत ढंगबाट डिन भएकाले कुनै हालतमा राजीनामा नदिने बताएका थिए । यता केसीले अनशन थालेको १८ दिन भइसक्दा पनि सरकार संवेदनशील नभएकाे भन्दै उनको समर्थनमा काम छाड्ने आवासीय चिकित्सकको संख्या बढ्न थालेको छ ।

हाल नेपाल चिकित्सकले संघले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघको हिजाे बसेको बैठकले केसीको जीवन अत्यन्त गम्भीर मोडमा पुगिसकेको अवस्थामा पनि राज्यलगायत सम्बद्ध पक्षमा आवश्यक संवेदनशीलता नदेखिनु विडम्बना भएको भन्दै उनको जीवनरक्षाका लागि कठोर कदम चाल्न बाध्य भएको चेतावनी दिएको हाे ।