सुन तोलाको ५४ हजारमा ओर्लियो

१६ मंसिर, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले  अाेरालाे लागेकाे छ । आज सुन तोलाको ५४ हजार रुपैयाँमा झरेको छ । एकैदिन तोलामा ५ सय रुपैया मूल्य घट्दा सुन ५४ हजार रुपैयाँ प्रतितोलमा ओर्लिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

हिजाे सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बिहीबार १० रुपैयाँले घटेको छ । आज भने तोलाको ७ सय ८० रुपैयाँमा चाँदी किनबेच भइरहेको महासंघले जानकारी दिएको छ । डलरको मूल्य बलियो बन्दै गएकाले सुनमा गिरावट आउने क्रम जारी छ ।