ट्रम्पले जेम्स म्याटिसलाई रक्षा मन्त्री बनाउने

१७ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनरल जेम्स म्याटिसलाई नयाँ रक्षामन्त्री बनाउने वताएका छन् । ओहिओमा आयोजित र्‍यालीमा ट्रम्पले म्याटिसको नाम लिँदै भने ‘उनी सर्वश्रेष्ठ छन् ।’ ‘म्याड डग’ को नामले चिनिने जनरल म्याटिस मध्य पूर्व राष्ट्र प्रति ओबामा प्रशासनको नीतिको आलोचकका रुपमा चिनिन्छन् भने उनले विशेषगरी इरान नीतिको खेलेर आलोचन गर्ने गरेका छन् । म्याटिस कडा रुपमा इरान प्रति अविश्वास तथा रणनीतिका बारे  परिचित मानिन्छन् ।

मध्य पूर्वको शान्ति तथा स्थिरताका लागि इरान सबैभन्दा बढी खतरा रहेको म्याटिस वताउँ छन् । सेवानिवृत्त म्याटिस सन् १९९१ मा भएको पहिलो खाडी युद्धमा एक बटालियनको नेतृत्वमा रहको थिए । उनले सन् २००१ मा दक्षिणि अफगानिस्तानमा एक ‘टास्क फोर्स’को कमाण्ड समेत गरेका थिए । उनी सन् २०१३ मा अमेरिकी केन्द्रीय कमाण्डका कमाण्डर भएर सेवा निवृत्त भएका थिए ।

तर ट्रम्पलाई म्याटिस नियुक्त गर्न संवैधानिक बाधा पार गर्न पर्ने छ । अमेरिकी कानून अनुसार सेवानिवृत्त भएको ७ वर्षपछि कुनै पनि पूर्व सैन्य अधिकारी रक्षामन्त्री नियुक्त गर्न सकिनेछ ।