प्रत्रकारितामा महिला पत्रकार, अवस्था र चुनौति – मीरा राजभण्डारी अमात्य

mmपत्रकार उमा सिंहको “गरमागरम चाय” र “काल ध्वनी” जस्ता कार्यक्रम अहिले ओझलमा परेको छ । जनकपुरमा पत्रकार उमाको हत्या पछि उमा जस्तो सशक्त पत्रकार अहिले सम्म जन्मिन सकेको छैन । पत्रकारिता बहुजनो हिताय बहुजनो सुखाय कै मन्त्र मा गरिने पेशा भएको कारण यो क्षेत्रमा महिला पत्रकार खासै व्यावशायिक हुन सकेको छैन । संचारिका समुहले गरेको एक अध्ययन अनुसार पत्रकारिता पेशामा महिला पत्रकारको संख्या काठमाडौ उपत्यकामा कार्यरत संचार क्षेत्रका महिला पत्रकारको संख्या २४ प्रतिशत मात्र रहेको थियो जुन पुरुष पत्रकारको दांजोमा अत्यन्त कम रहेको छ ।
रुकुमका पत्रकार टिका बिष्टको कथा पनि उस्तै छ । स्थानिय जन्ति धारा साप्ताहिकमा “किन चाहियो माओबादीलाई तीर्थाको सिन्दुर” भन्ने लेख छापिए लगत्तै माओवादी द्धारा आक्रमणमा परी सख्त घाईते भएको कथन पत्रकार टिका विष्टको छ । नेपाली पत्रकारितामा महिला पत्रकारको हत्या र आक्रमणको सिलसिलालाई जे जस्तो मिथक कथा संग पछिल्ला दिनमा जोडेर हेर्ने गरिएतापनि उनीहरु माथि भएको आक्रमण र हत्या संग उनीहरुको पत्रकारितामा संलग्नता पनि जोडिएकै छ भन्न कंजुस्याइ गरेमा महिला पत्रकार माथि थप अन्याय हुने छ ।
नेपालको पत्रकारितको इतिहासमा मारिने ३४ पत्रकारको लर्कोमा उमा सिंह पहिलो महिला पत्रकार हुन् । तर पत्रकार महासंघ संग आवद्ध नभएको कारण ओझेलमा परेका र मारिने पत्रकारको पंक्तिमा तात्कालिन शसस्त्र विद्रोहमा राज्यका तर्फ बाट हत्या गरिएका महिला पत्रकार विनिता लुंटेल पत्रकार महिलामा मारिने प्रथम पत्रकार हुन तिथि मितिका हिसाबले ।
विश्वकै सन्र्दभमा पनि सन् १८०० देखि सन् १९०० सम्म अमेरिकामा महिला पत्रकार हरुलाई फेशन र नया खाद्यान्नका परिकारका विषयमा बाहेक अन्य सामाजिक विषय वस्तुमा लेख्न वा समाचार संकलनका लागि वर्जित थियो । तर दोश्रो विश्व युद्ध सम्म आई पुग्दा म्यारी र्माविन ब्रेकिन रिज तथा मार्गरेट बुर्के ह्वाइृट जस्ता साहसी महिला पत्रकारहरुको पर्दापन भयो जसले दोश्रो विश्व युद्धको समयमा युद्ध क्षेत्रमा गई फोटो पत्रकारिता मार्फत संसारलाई सुचना पस्किन् । भारतका विद्या मुन्सी प्रथम महिला पत्रकार थिइन् जसले व्लिज साप्ताहिक मार्फत बहुर्र्चिचत क्यानेडाली पाइलट हरु द्धारा कलकत्तामा गरिएको सुन तस्करी तथा चिनाखुरी स्थित कोईला खानीमा भएको प्राकृतिक प्रकोपका कारण मारिएका कामदार हरुको खोजमुलक रिर्पोर्ट हरुको स्कुप पस्किेर खोज पत्रकारितामा समेत महिला पत्रकारको सक्षमता र साहसलाई विश्व सामु उजागर गरीन् ।
पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीन बाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्र ले साप्ताहिक र दैनिक हुंदै निरन्तरता दियो प्रजातन्त्रको पुर्न बहाली सम्म । यस बीचमा शारदा दैनिक लगायत थुप्रै पत्रिका हरु निकले पनि पत्रकारितामा महिलाको खासै भुमिका रहेन । तर २००७ सालको क्रान्तिमा महिला नेतृत्वको समेत निर्णाक भुमिका रहे पश्चात महिला नेतृ हरुकै पहलमा उत्साह र रहरको उपजका रुपमा विक्रम संवत २००८ साल मा मुलुकको पहिलो महिला पत्रिका “महिला” मासिक प्रकासित भयो । साधना प्रधान को सम्पादकत्वमा प्रकाशित सो पत्रिका नेपालमा महिला हरुले पहिलो पटक भोट हाल्न पाउने अधिकार प्राप्त भएको खुशियालीमा प्रकासित भएको थियो तर सो एक मात्र महिला पत्रिका पनि कालान्तरमा बन्द भयो । जे होस नेपाली पत्रकारिताको इतिहासमा महिला पत्रकारको जन्म “महिला” मासिक बाट सुरु भयो । जसले कालान्तरमा महिलाहरु लाई यस क्षेत्रलाई पेशा बनाउन एउटा ऐतिहासीक प्रेरणा दियो ।
परिवार, समाज तथा राष्ट विकासका लागि महिला विकास अनिवार्य छ । वैदिक कालमा समेत महिला विकासका लागि नीति तथा व्यबहार हरु निमार्ण भएका थिए । हाम्रा धर्म ग्रन्थ तथा पुराण मा समेत “यत्र नारी पुज्यते तत्रे रम्यते देवता” श्लोक मार्फत समाजले महिला वर्गलाई सम्मान गर्न आहन गरेको छ ।
वर्तमान विश्वमा विश्व शान्ति तथा विकासका लागि संयुक्त राष्ट्र संघले महिला विकासलाई आधार स्तम्भ मानेको छ । मानव विकासका लागि महिला विकास अपहिार्य पक्ष हो भने महिला विकासका लागि एउटा पक्षधरको रुपमा महिला पत्रकारको अत्त्विलाई स्विकार्नु आवश्यक छ । कारण विकासका आधारभुत पक्षको रुपमा शिक्षालाई मानेको अर्थमा महिला विकासका लागि आवश्यक शिक्षा सचेतना तथा सुचनालाई प्रत्याभुति दिलाउन महिला पत्रकारको भुमिका सहजकर्ताको रुपमा रहन्छ । तर जनसंख्याको हिसावले ५१ प्रतिशत ओगटेको महिला वर्गको उपस्थिति राज्यका अन्य निकायमा न्युन रहे झै यो वर्गको उपस्थिति पत्रकारितामा पनि समेत अत्यन्त न्युन छ । यसमा तुलनात्मक रुपमा आविासी जनजाति महिला पत्रकारको संख्या त अझै न्युन रहेको अवस्था छ ।
परिचय ः नेपालमा पत्रकारिता र महिला पत्रकारको पर्दापन
गोरखा भारत जीवन बाट शुरु भएको नेपालको पत्रकारिताले हालका दिन सम्म आई पुग्दा थुप्रै चुनौति पार गरेको छ । विश्वमा “एक्टा दिओर्ना“ नामक पत्रिकाले क्राईष्ट जन्मनिनु भन्दा ६९ वर्ष अगावै हस्तलिखित पत्रकारिता मार्फत विश्वमा पत्रकारिताको शुरुवाट गरे । पछिल्ला दिनमा जर्मनका गुटेन वर्गले प्रिन्टिंग प्रेसको आविस्कार गरेर विश्वमा छापा माध्ययमको पत्रकारिताको शुरुवाटलाई सहज बनायो ।
पत्रकारितामा महिला पत्रकारहरुको योगदान सर्वप्रथम विक्रम संवत १९७१ मा बनारस बाट प्रकासित हुने चन्द्र मासिक मा प्रकासित “स्त्री शिक्षा” (सुकेसी) तथा “बीर पत्नीको साहस” –कादाम्विनी ) नामक लेखहरु बाट भयो । त्यस्तै क्रममा विक्रम संवत १९८३ मा देहरादुन बाट प्रकासित गोरखा साप्ताहिकमा दिव्य कुमारी देवि कोइराला द्धारा लिखित “स्त्री शिक्षाको महत्व” शीर्षक अन्तर्गतका लेख हरु बाट निरन्तरता लिंदै गयो (राजभण्डारी अमात्य, २००३) विगतमा वेदको अध्ययनका लागि तत्कालीन समाजले छुट दिएता पनि पछिल्ला समाजले महिला शिक्षामाथि लगाएको बन्देजका कारण महिलाहरु नीतिगत तहमा पुग्न र निर्णाक भुमिका निर्वाह गर्न बाट बंचित हुंदै गएको विषयमा सशक्त कलम चलाउने संभवत दिव्य कुमारी पहिलो महिला पत्रकार थीइन जसले सर्वप्रथम तात्कालिन रुढी ग्रस्त सामाजलाई महिलाको मुल्य मान्यतालाई ग्रहण गर्न घच्घच्याया (उही)
आधुनिक कालमा २००७ सालमा प्रजातन्त्रको आगमन पश्चात नेपाली पत्रकारितामा महिला पत्रकारहरुको आगमन “महिला” नामक पत्रिका प्रकाशन संगै प्रारम्भ भयो । साधना प्रधान तथा कुमारी कामक्षा देवी तथा प्रियम्वदा शर्माद्धारा सम्पादित उक्त पत्रिका महिलाहरुले सर्वप्रथम भोट हाल्ने अधिकार प्राप्त गरेको खुशियालीमा प्रकाशित भएको थियो । उक्त पत्रिककाको मुख्य पृष्ठमा भोट हालेको झोला बाट भोट खसाल्दै गरेका महिला हरुको चित्र थियो । तर अत्यन्त उत्साहका साथ प्रकाशित सो मासिकका सम्पादन मण्डल हरु व्यावशायिक पत्रकार नरहेका र अधिकांस राजनीतिमै अल्मलिनु परेका कारण सो दुर्लभ पत्रिकाले निरन्तरता लिन सकेन । जसको अभाव पछिल्ला ३० वर्षे नेपाली पत्रकारितामा रही रह्यो ।
प्रजातन्त्रको पुर्नस्थापना पश्चात भने पत्रकारितामा महिलाहरुको सहभागिता क्रमस बढ्दै गयो र महिला अधिकार तथा महिलाका विविधि मुद्धामा प्राथमिकता साथ कलम चलाउन अश्मितिा पब्लिेकेशन जस्ता पत्रिकाहरुको शुरुवाट भयो । महिलामाथि हुने हिंसा र दमनका विरुद्ध शसक्त रुपमा कलम चल्ने सो पत्रिका प्रकाशन पश्चात यस क्षेत्रमा महिला पत्रकारहरुको संख्या तथा महिला पत्रकारको सम्पादनमा निक्लने पत्रिकाहरु पनि क्रमस बाक्लिदै गयो । तर महिलाका मानव अधिकारका सवालमा जे जस्ता देशीय तथा अन्र्तराष्ट्रिय दस्तावेज हरुको प्रत्याभुति भएयतापनि व्यबहारिक रुपमा ती सवाल तथा मुद्धाहरुमा पत्रकारिता जगतले खासै समेट्न नसेकेका गुनासा महिला जगत तथा महिला पत्रकारहरु माझ रहेको छ । समग्रमा हेर्दा महिलाका अधिकार र महिला हिंसा जस्ता विषय वस्तुले सम्पुर्ण मानव समुदायलाई असर पार्ने भएतापनि ती सवालहरु महिलाकै मात्र जस्तो देखिएको र ती विषय वस्तु तथा मुद्धामा लेखन र प्रकाशन प्रशारणमा महिला मात्रै संवेदनशिल हुनु पर्ने बाध्यता रहेको छ । सवभन्दा दुख लाग्ग्दो कुरा महिला वर्गको हीत र महिला विकासका उद्येश्यले छापा लगायत पत्रकारिताका अन्य सामग्रीमा महिलाको हीत र सवालमा भन्दा पनि महिलाको छवी विगार्ने प्रस्तुतिले प्राथमिकता लिंदै गएको देखिन्छ ( लामा, संगिता २०६७)
अध्ययनको उदेश्यः
मानव विकासका हरेक सवालमा महिला र पुरुषको समान सहभागितको आवश्यकता रहन्छ । एक रथका दुई पांग्रा भन्दै एकको अनुपस्थितिले अर्को अगाडी बढ्न नसकने जस्ता आशयका अभिव्यक्ति तात्कालीन धर्म ग्रन्थ पुराणहरुले समेत व्याख्या गरेतापनि व्यबहारिक रुपमा ती अभिव्यक्ति हरु आख्यानकै रुपमा सिमित रहन पुगेको बुझाई आम महिला जगतमा छ । त्यसमाथि पनि जनसंख्याको आधा हिस्सा ओगतेका महिला जगतको नीति निर्णयका हरेक तह र तप्कामा लगायत पत्रकारितामा समेत सहभागिता अत्यन्त न्युन अवस्थामा रहेको विभिन्न अध्ययनहरुले देखाए बाट महिला विकासका मुद्धाहरु ऋोझेलमा पर्दै गएको छ । पत्रकारिता जगतको महत्व मानव विकासका हरेक सवालमा शसक्त रहने गर्छ । आम नागरीकलाई सुसुचित गर्ने, शिक्षा दिने र मनोरञ्जन प्रदान गर्ने सवालमा पत्रकारिता जगतको भुमिका निकै प्रभावकारी हुने गर्छ । अर्को तर्फ आवाज विहिन हरुका आवाजका रुपमा पत्रकारितालाई लिने सवालमा पिडिका आवाज सम्म पुग्ने र सरोकारवाला र राज्य सम्म पु¥याउने सहजकर्ताकै रुपमा रहे बाट महिला का पिडा व्यथा लगायत विविध सवालमा महिला पत्रकारका आवश्यकता महत्व र महिला पत्रकारहरुको रहेको छ । त्यसमाथि महिला पत्रकारको न्युन उपस्थितिका कारण देखिएका समस्या तथा उनीहरुको सांख्यिक र गुणात्मक उपस्थितिका लागि राज्य समाज र परिवारले निर्वाह र दायित्वलाई पस्काने उदेश्य यस अध्ययनको रहेको छ ।
अध्ययन विधि र सिमा
अध्ययन विधि अन्र्तगत प्राथमिक श्रोत र माध्यामिक श्रोत लाई प्रमुख श्रोतको रुपमा प्रयोग गरिएको छ । मुलतः सरोकार वाला महिला पत्रकारहरु, सम्पादक तथा पुरुष सहकर्मी पत्रकारहरु संग प्रत्यक्ष कुराकानी लाई आधार मानिएको छ । माध्यामिक श्रोत अन्र्तगत विभिन्न पुस्तक तथा लेख रचनाहरु लाई आधार मानिएको छ । महिला पत्रकारका अवस्था अन्र्तगत जहांसुकै पनि उस्तै खालको समस्या र चुनौति देखिएतापनि मोफसल र उपत्यका बीचको समस्यामा भने केही फरक अवश्य देखिन्छ । अध्ययनको समय सिमा एक महिना रहेको छ ।
विश्वमा महिलापत्रकारहरु को उपस्थिति
पत्रकारितामा महिला को अवस्था बारे केही भन्नु अगाडी बिबिसी लण्डन का प्रोग्राम प्रडुसर सुजाने फ्रयांक ले आफनो पुस्तक “वुमन एण्ड जोर्नालिज्म” मा व्यक्त गरेका अभिव्यक्तिलाई अलि गम्भिरतापुर्वक लिन पर्ने हुन्छ, महिला पत्रकार चाह्े त्यो सम्पादक को तहमा होस वा संवाददाता उस्ले पारिवारिक जिम्मेवारी लगायत समाजका विविध जिम्मेवारी पुरा गर्नै पर्छ, अझ संचारगृह संवेदशिल छैन भने त उसको लागि पत्रकारिता अझै असझ र चुनौतिपुर्ण हुने गर्छ ( फ्रयांक, सुजाने, २०१३ )
स्त्री शिक्षाको आवश्यकता लगायतका लेख हरु बाट पर्दापन भएको महिला पत्रकारिताले अश्मिता तथा नारी लगायतका पत्रिका सम्म आई पुग्दा थुप्रै चुनौति हरु पार गरी सकेको छ । अझै पनि पत्रकारिता महिलाहरुको लागि खासै मौलाई नसकेको ठहर महिला पत्रकार जमातले गरेको छ । रहरकै कारण पत्रकारितामा आउने तर व्याबशायिकता तर्फ शसक्त नहुनाका कारण पत्रकारितामा महिलाहरुको खासै व्यवशायिक उपस्थिति भेटिदैन ।
नेपाली पत्रकारितामा महिला पत्रकारको अवस्था
नेपाली पत्रकारितामा महिला पत्रकारको उपस्थिति पुरुष पत्रकारको तुलनामा अत्यन्त न्युन छ । कुल जनसंख्याको ५१ प्रतिशत ओगटेको महिलाहरु को उपस्थिति राज्यका अन्य निकायमा झै राष्ट्रको चौथो अंग पत्रकारतिा क्षेत्रमा समेत न्युन रहेको तथ्यांक हरुले देखाउंछ । एक त महिला पत्रकारलाई यस क्षेत्रमा रहरकै रुपमा मात्र प्रवेश गरेको उदाहरण पनि पाईन्छ भने यस क्षेत्रलाई नै पेशा बनाउंछु भन्ने मानसिकता सहित प्रवेश गरेका महिला पत्रकारलाई टिकाउन र विकाउनकै पनि थुप्रै समस्या छन् । एक त महिला पत्रकारको दोहोरो तेहरो घर देखि पेशागत जिम्मेवारी निर्वाह गर्नु पर्ने आवश्यकता त्यस माथि समाजले पत्रकारिताको मर्म धर्म र कार्यगत प्रकृति नबुझनाले महिला पत्रकारलाई हेर्ने दृष्टिकोणकै कारण पनि यस क्षेत्रमा महिला पत्रकार हरु व्यावशायिक रुपमा टिक्न सकिरहेको अवस्था छैन । पत्रकार टिका विष्ट कै भनाई लाई लिने हो भने राजनितिक विट लिंदा संसदको रिपोर्टिंगमा ढिलो हुने र घरबेटीले “नानीको काम आधारात सम्म कस्तो काम हो” भनी प्रश्नवाचक तनाव दिने र कोई पुरुष साथिले घर पु¥याउन आउंदा छिमेकीले झयाल बाट हेर्न थाल्ने, र भेटघाट हुंदा प्रश्न ओइरिने गरेकै कारण यो विट छोड्न बाध्य भएको घटनाले महिला पत्रकारलाई पत्रकारितामा आउने र मौलाउने बातावरण घर देखि समाज सम्म नभएको प्रष्ट हुन्छ । न्युनतम पाश्रिमिक समेतको व्यबस्था नहुदा शुरुमा रहरकै कारण प्रवेश गरेका महिला पत्रकारहरु पनि अन्य पेशामा पलायन हुने गरेको छ । अर्को तर्फ पुर्ण व्यावशायिक भई सकेका महिला पत्रकारहरु पनि आर्कषक पारिश्रमिक र पहंचको कारण गैर सरकारी तथा अन्र्तराष्ट्रिय गैर सरकारी क्षेत्रमा प्रवेश गर्नेको जमात पनि बढी छ । जसले गर्दा महिला पत्रकारको उपस्थिति मा अस्थिरता समेत देखिन्छ । कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा भन्छन्, “पत्रकारिताले एउटा पहिचान र पहुंच तथा नेटवर्किग समेत को पहुंच गराउने हुंदा महिला पत्रकारको पहुंच राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा समेत रहन्छ । पत्रकारिता को व्याक ग्राउण्डकै कारण अहिले कान्तिपुरका अधिकांस महिला पत्रकारहरु क्रमस पद र प्रतिष्ठा पाउंदै पलायन हुने क्रम जारी छ, जसका कारण महिला विटमा काम गर्ने पत्रकार महिला नहुंदा पुरुष पत्रकारले सो विटमा काम गर्नु पर्ने अवस्था छ । तर महिला पत्रकारले महिलाका विटमा जति कुशल कलम चलाउने क्षमता राख्छ मनोवैज्ञानिक हिसावले पुरुष पत्रकारको कम क्षमता रहनाले महिलाका समस्या तथा मुद्धाहरुमा खासै प्रभावकारी प्रस्तुती हरु बाहिर आउन नसकेको ठहर सम्पादक शर्माको रहेको छ । विहे अगाडी राम्रो व्यावशायिक पत्रकारिता गरी रहेका महिला हरु पनि विहे पश्चात श्रीमान को घर जिल्ला जानु पर्ने कारण रासस को जस्तो स्थायि पद समेत त्याग्नु पर्ने बाध्यता महिला पत्रकारको रहेको राससका महा प्रबन्धक निर्मला आचार्यको रहेको छ भने उस्तै अवस्था गोरखा पत्रका महिला पत्रकारको पनि बेला बेलामा हुने गरेको महाप्रबन्धक सुशिल कोईरालको रहेको छ । त्यस्तै महिला पत्रकार हरु सुत्केरी पछि र अघिका शारीरिक तथा मानसिक अवस्थाका कारण र बच्चा जन्मिए पछि हेरचाहकै समस्याका कारण पनि पत्रकारिता छोड्नु पर्ने बाध्यता छन् ।
विभिन्न संचार गृहमा महिला पत्रकारको संख्या
आर्थिक वर्ष २०७२÷ ७३
कान्तिपुर दैनिक (काठमाण्डौ)
पद महिला पुरुष जम्मा
संवाददाता २ ५३ ५५
राजधानी दैनिक
पद महिला पुरुष जम्मा
संवाददाता ६ १४४ १५०
राष्ट्रिय समाचार समिति
पद महिला पुरुष जम्मा
ऋधिकृत स्तर ६ ५४ ६०
सहायक स्तर १२ ४३ ५५
मसिक ज्यालादारी ४ १४ (अधिकृत २) १८
जम्मा २२ जम्मा १११ जम्मा १६१
रेडियो नेपाल
पद महिला पुरुष जम्मा
समाचार वाचक २८ २५ ५३
रिपोर्टिंग ९ ७१ ९६
जम्मा ३७ जम्मा ९६ जम्मा १५९
कान्तिपुर एफ एम (काठमाण्डौ)
पद महिला पुरुष जम्मा
समाचार वाचक संवाददाता र आरजे २० २४ ४४
गोरखा पत्र प्रकाशन
(गोरखा पत्र,राइजिङ्ग नेपाल, मधुपर्क युवा मञ्च)
पद महिला पुरुष जम्मा
तह विहिन प्रधान सम्पादक २ २
सम्पादक (तह १०) १ १२ १३
सम्पादक (तह ९) ० २२ २२
सह सम्पादक –तह ८) ० १२ १०
उप सम्पादक –तह ७ ) १ ९ १०
समाचार दाता लगायत –तह ६ ) ३ १० १३
स्ट्रिन्जर ९ ८५ ९४
जम्मा १५ जम्मा १५२ जम्मा १६२
महिला स्थाथी ः जम्मा ४
अस्थाथी ६७
म्हिला स्ट्रिन्जर ९
पुरुष स्ट्रिन्जर ८५
नेपाल टेलिभिजन
पद महिला पुरुष जम्मा
पत्रकार २० ७९ ९९
विभिन्न संस्थामा महिला पत्रकार को संख्या
आर्थिक वर्ष २०७२÷ ७३
संस्था महिला पुरुष जम्मा
सुचना विभाग
६७२ ४२७२ ४९४४
पत्रकार महासंघ १६१३ ८२१४ १०७७
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ४८३ १००७ १४९०
क्रियासिल महिला पत्रकार (धधव) ४७९ ४७९
संचारिका १२०० १२००
आम संचारको संख्या आर्थिक वर्ष २०७२÷ ७३
ऋाम संचार जम्मा
छापा माध्ययम ७२३३
रेडियो ३८०
टेलिभिजन ३२
अनलाईन १५६
जम्मा ७८०१
श्रोतःमिडिया डिरेक्टरी सुचना विभाग
माथि उल्लेखित तथ्यांकले पुरुषको तुलनामा महिला पत्रकारको संख्या अत्यन्त न्युन देखाउंदछ । अधिकारकर्मी संस्थाहरु त्था सुचना विभागबाट प्रेस पास लिने महिला पत्रकारका् संख्याबढी देखिएता पनि संचार गृहमा महिला पत्रकारको उपस्थिति अत्यन्त न्युन देखिन्छ । सरकारी संचार माध्ययममा महिला पत्रकारको संख्या केही बढी भएता पनि नीजि संचार माध्ययममा महिला पत्रकारको संख्या अत्यन्त कम देखिन्छ । त्यसो हुनुमा रोजगारीको सुनिश्चतता तथा अन्य सुविधा रहेको सम्बन्धित संस्थामा कार्यरत पत्रकारहरुको भनाई छ ।
नेपालमा आदिवासी जनजाति तथा आदिवासी जनजाति महिला पत्रकार
विश्वमा आदिवासी जनजाति समुनदायको संख्या ३७ करोड रहेको छ । यो जनसंख्या विश्वको कुल जनसंख्याको ४.४ प्रतिशत हो । नेपालमा कुल जनसंख्याको जनसंख्याको ३७.२ प्रतिशत रहेकोआदिवासी जनजाति हरुमा पुरुषको जनसंख्या ५२.२ प्रतिशत र महिलाको संख्या ३६.२६ प्रतिशत रहेको छ । जममा ५९ समुदाय रहेका आदिवासी जनजातिमा पछिल्ला दिनमा १६ थप समुदाय लाई पनि समावेश गर्ने पहल भई रहेको छ । तर आर्थिक सामाजिक, राजनैतिक र शैक्षिक क्षेत्रमा पिछडिएको कारण यो समुदायको उपस्थिति राज्यसंयन्त्रको नीति निणर्य तहमा अत्यन्त न्युन रहेको छ । त्यस्तै राज्यको चौथो अंग पत्रकारितामा समेत यस समुदायको उपस्थिति अत्यन्त न्युन छ । नेपाल पत्रकार महा संघको श्रोत अनुसार नेपालमा ९ हजार आठ सय ५५ पत्रकारमा जम्मा १ हजार पांचसय आदिवासी जनजाति पत्रकार रहेका छन् (आर्थिक वर्ष २०६९÷७० ) । यसमा पनि आदिवासी जनजाति महिला पत्रकारको संख्या अत्यन्त न्युन २७७ मात्र छ । त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघको श्रोत अनुसार आदिवासी जनजाति पुरुष पत्रकारको संख्या १००७ र आदिवासी जनजाति महिला पत्रकारको संख्या ४८३ रहेको छ । आदिवासी जनजाति पत्रकार महासंघको यो संख्यामा प्रतिशतका हिसावले ३२ प्रतिशत ओगटेको आदिवासी जनजाति महिला पत्रकारको संख्यालाई सरहाना गर्न सकिन्छ । तर नेपालमा पत्रकारहरुको राष्ट्रिय छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघको वर्तमान कार्य समितिमा आदिवासी जनजाति महिला पत्रकारकोे उपस्थिति मात्र १ जना रहेको तथ्यांकले देखाउंछ । अर्को तर्फ कुल आदिवासी जनजाति महिला पत्रकारको न्युन उपस्थिति रहनाले भविश्यमा समेत यसको कार्य समिति लगायतका संचार संवद्ध राज्य संयन्त्रका निर्णायक तहमा आदिवासी जनजाति महिला पत्रकारकोे उपस्थितिलाई तगारो बनाउने संभावना प्रचुर छ ।
पत्रकारिता र महिलाको सम्बन्ध
नेपाली पत्रकारितामा महिलाको नकारात्मक समाचार लाई नै बढी प्राथमिकता दिएर छापिने गर्दछन् । महिलाका सकारात्मक समाचार भन्दा नकारात्मक छवी आउंदा यसले महिलाकालागि बन्ने योजना हरुमा समेत नकारात्मक असर पर्ने महिला विद कमला भसिनको कथन छ । अर्को तर्फ महिलाका बौद्धिक पक्षलाई भन्दा साबुनका विज्ञापन, गाडी स्कुटर जस्ता विषय वस्तु मै सिमित हुने गरेको छ । महिला माथि हुने यौन जन्य हिंसालाई सञ्चार माध्यमले अत्यधिक स्थान दिएको पाईन्छ । बलत्कार यौनजन्य यातना यौन र्दुव्यबहार आदिलाई सञ्चार माध्यमले अझै सनसनी पुर्ण बनाएर प्रस्तुत गरेको देखिन्छ । भनिन्छ यस्ता समाचार विक्ने भएका कारणले पनि सञ्चार माध्यम हरुले बढी प्राथमिकताका साथ छाप्ने हो (विन्दु तुलाधर, २०१४) । त्यस्तै वैदेशिक रोजगारमा गएका पुरुषले दुःख पाएको श्रीमतीले धोखा दिएका जस्ता महिला सम्बन्धि नकारात्मक समाचार बढी प्राथमिकताका साथ छापिन्छन् तर त्यस्तै महिला हरु विदेशमा कमाउने र श्रीमानले सोही पैसा बाट मोज मस्ती गर्ने आकी श्रीमती ल्याएर घर व्यबहार ध्वस्त पार्ने गरेका घटनामा खासै खोज हुंदैन । यस क्षेत्रमा लेख्ने महिला पत्रकारको कमी हुंदा श्रीमान विदेसिएका र विदेशमा काम गर्ने महिलाले भोग्नु परेका समस्या का कथा हरु बाहिर आउन सकेको छैन ।
दिगो शान्ति तथा महिला पत्रकार को भुमिका
सुचना त्यस्तो शक्ति हो जसले मानिसका अन्र्तमन र भावना समेतलाई सचेत र परिवर्तन गराउंछ । मानव अधिकार को आधारभुत मान्यता लोकतान्त्रिक अभ्यासका लाई कार्यान्वयन गराउन सुचनाको भुमिका को खास पहल हुने गर्छ । दिगो शान्ति विना लोकतन्त्र स्थागत नहुने हुंदा सुचनाका संवाहक पत्रकारिताको भुमिका दिगो शान्ति लगायत का मानव अधिकारका अयवहरु तथा महिला अधिकार तथा महिला विकास र उत्तथानका हरेक सवालमा महिला पत्रकारको भुमिका अर्थपुर्ण रहन्छ । कारण महिला तथा बालबालिका हरु समाजकाृ सवै भन्दा पिडित वर्गमा पर्दछन् । तर्सथ उनीहरुको विशेष संरक्षण गर्न तथा भेदभाव, हिंसा एवं बहिस्करण बाट उन्मुक्ति दिलाउन महिला पत्रकारहरुले आवाज विहिन हरुको आवाज बनेर समाज र राष्ट्रलाई सही दिशा निर्देशित गर्न सक्छन् । यस अर्थमा महिला पत्रकारको प्रस्तुति र उपस्थितिले को अपरिहार्य आवश्यकता रहन्छ । कारण मानवीय संवेग र मानव मनोविज्ञान अनुरुप एउटा महिलाले आफु माथि भएको अन्ययाय, विभेद र हिंसा बारे जानकारी दिन महिलाकै उपस्थितिमा सहजता अनुभव गर्न सक्छन् । त्यसतै अधिकांस आदिवासी जनजाति महिलाहरु शिक्षा, चेतना, पहुंच तथा आत्म विश्वासको कमीका कारण आफना अधिकार का लागि आवाज उठाउन वंचित रहने गरेको सन्र्दभामा मा महिला पत्रकार तथा आदिवासी जनजाति महिला पत्रकारको वकालति पहलले ती आवाज विहिन वर्गलाई आफना हक अधिकार प्राप्त गर्न राज्य सरकार र सरोकार वालाहरु सम्म पुलको काम गर्न सक्छन् । अर्को तर्फ विकासकै पुर्वाधारको रुपमा रहेको दिगो शान्तिका लागि समेत महिला पत्रकारको भुमिका अग्रगामी रहन्छ ।
वास्तवमा परम्परागत रुपमै महिला हरुको सामाजिक एवं पारिवारिक शान्तिमा विशेष भुमिका रहने गरेको छ । यही तथ्यको आधारमा संयुक्त राष्ट्र संघले समेत दिगो शान्तिका लागि महिला हरुको आवश्यकतालाइृ सम्बोधन र कार्यान्वयन गरेको छ । विशेष गरी शान्ति निमार्णका का क्षेत्रमा गरिएका अध्ययनहरुको निश्कर्ष तथा संयुक्त राष्ट्र संघले दिगो शान्तिका लागि आवश्यक तीन मुख्य आधार स्तम्भ आर्थिक पुनरुत्थान तथा सामजस्यता, सामाजिक मेलमिलाप, विकास एवं राजनतिकि वैधता तथा सुरक्षा र सुशासन मा महिलाको भुमिका अग्रगामी भुमिका लाई उजागर गरेको छ । यस अर्थमा राज्य व्यवस्था तथा अन्र्तराष्ट्रिय स्तरमै दिगो शान्ति स्थापनाका लागि महिलाको अग्रगामी अस्तित्व लाई स्विकारेको छ । जसको प्रारम्भ विन्दुको रुपमा महिला माथि हुने हिंसा, उनीहरु का अधिकारका सवाल तथा समग्र महिला विकासका अवयवहरु का विषयमा ओझेलमा परेका मुद्धा तथा महिला हीतका सवालमा उठेका आवाज लाई राज्य संयन्त्र तथा सरोकार वाला समक्ष पु¥याउन महिला पत्रकारको भुमिका अपरिहार्र्य रहन्छ । अर्को तर्फ नेपालमा रहेका विविध भाषिक समुदाय संग संवद्ध आदिवासी जनजाति महिलाहरु जसले नेपाली भाषा राम्ररी बोल्न र बुझन असमर्थ छन्, उनीहरुका भावना र आवाजलाई बुलन्द गर्न आदिवासी जनजाति महिला पत्रकारले एक सहजकर्ताको भुमिका निर्वाह गर्न सक्छन् । त्यसै पनि भाषा र संस्कृति प्रति मानिसको अन्र्तमन देखिको प्रेम र भावना समेटिएको हुन्छ आफनै संस्कार र भाषा मिलेका महिला पत्रकार संग आफना मर्म र भावना पोख्न महिला हरु जति उत्सुक रहन्छन् अन्य समुदाय संग नरहन सक्छ । जसले महिला माथि हुने हरेक किसिमका हिंसा र महिला अधिकारका मुद्धालाई समाज र सरोकार वाला सम्म नपुग्ने अवस्था रहन सक्छ ।
शुशासन का लागि महिला पत्रकार
समग्र राष्ट्र विकासका लागि सामाजिक रुपान्तरण सहितको भ«ष्टाचार मुक्त पारदर्शी राज्यको अवधारणा अनुरुप महिला पत्रकारको भुमिका ले खास महत्व राख्दछ । पत्रकातिा क्षेत्रलाई पनि सभ्य र विवाद रहित बनाउन महिला पत्रकारको योगदान छ र रहन्छ । “महिला पत्रकार हरु आफना काममा निकै संवेदनशिल हुन्छन्, गल्ती नहोस र समाचार भ्रामक नहोस भन्ने विषमा उनीहरु संधै सचेत रहने गरेका छन् । अहिले सम्मको पत्रकारिता जिवनमा महिला पत्रकारले लेखेका प्रस्तुतिमा उजुरी आएको वा खण्डन् छाप्नु परेको अवस्था छैन”(माथेमा,पुष्कर २०१६) । प्रेस काउन्सील नेपालकै अभिलेख मा पनि महिला पत्रकारले लेखेका समाचारमुलक सामग्रीमा व्यावशायिक आचार संहिता उल्लंघनका उजुरी परेको छैन । पत्रकारिताले समाजलाई सभ्य र पारदर्शी बनाउने कडीको रुपमा काम गरी रहंदा यदाकदा पत्रकारिता क्षेत्र भित्र बाटै पनि व्ल्याक मेलिंग पत्रकातिा मौलाएका घटनाहरु पनि सार्वजनिक हुने गरेका छन् । तर हाल सम्मको पत्रकारितामा महिला पत्रकारको कलम ती त्यस्ता घटनाबाट अछुतो रहनाले पत्रकारिता क्षेत्र स्वयंममा र पत्रकारिताको तर्फबाट समाज र राष्ट्रमा पारदशीर्ता र सुशासनको प्रत्याभुति दिलाउन पत्रकारिता क्षेत्रमा महिला पत्रकारको उपस्थितिले खास महत्व राख्दछ ।
योजनामा महिला पत्रकार
आर्थिक वर्ष २०७३ ÷७४ को बजेट बक्तव्यले सुचना तथा संचार अन्र्तगतको बजेटमा पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचार ग।ाउंदा लाग्ने लाग्ने खर्चमा ५० प्रतिशत छुटको व्यवस्था मिलाएको अर्थ मन्त्रीको बजेटमा उल्ल्ेख छ । त्यस्तै महिला उत्थान अन्र्तगत लैगिक विभेदको अन्त्य, सीप तथा उद्यमसिलता विकास, प्राज्ञिक अनुसन्धान वृत्ति लगायतका महिला सशत्तिकरणका कार्य हरु अघि बढाउन आगामि आर्थिक वर्ष देखि राष्ट्रपति महिला उत्थान कार्यक्रम संचालन गर्ने व्यबस्था मिलाएको तथा सोही बक्तव्यले महिलाहरुको व्यवशायिक क्षमता विकासका लागि सीप विकास र अभिमुखिकरण सम्बन्धि तालिम प्रदान गरिने व्यवस्था भए बाट महिला पत्रकारका लागि स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट तथा महिला हरुको सशत्तिकरणका लागि गरिने व्यावशायिक तालिम मा पत्रकार महिलाले समेत सो व्यवस्था अनुरुप बजेट प्राप्त गर्नेमा विश्वस्त हुन सकिन्छ ।
त्यस्तै गोरखा पत्र दैनिकले महिला पत्रकार सुत्केरी पश्चात शिशु स्याहारका लागि शिशु स्याहार केन्द्र सहितको भवन निर्माण गर्ने योजना रहेको र त्यसका लागि नेपाल सरकार संग जमिन तथा बजेटका लागि पहल भई रहेको छ ( कोईराला, २०१६ )
पत्रकारितामा महिला अवसर तथा चुनौति
महिला पत्रिका बाट पर्दापन भएको महिला पत्रकारको अवस्था विगतको तुलनामा सांख्यिक र गुणस्तरका हिसावले क्रमस विकसित अबस्थामा छ । फेरी पनि जुन हिसावले पत्रपत्रिका एवं टेलिभिन लगायतका संचार गृह स्थापना भएका छन् सो अनुपातमा महिला पत्रकारको संख्या खासै बढेको पाईदैन । अहिले पत्रकारिता विषय नै लिएर पढ्ने पत्रकार महिलाको संख्या पनि ह्वात्तै बढेको छ । फेरी पनि पत्रकारितालाई पेशा नै बनाउंछु भनेर आउनेको संख्या भने खासै नभएको अनुभव राजधानी दैनिकका सम्पादक राजन शर्माको छ । यदि व्यावशायिक रुपमा नै पत्रकारिता गर्ने हो भने गुणस्तरीय महिला पत्रकारको माग बजारमा छ । तर यसका लागि महिला पत्रकारहरुले आफनो गुणस्तर र काम प्रतिको सर्मपण तथा संवेदनशिलता राख्नु पर्ने निश्कर्ष सम्पादक शर्माको छ । पत्रकारिता गर्ने हरुले कुनै राजनैतिक आस्थामा भन्दा काम प्रतिको लगनशिलता र जिम्मेवारीलाई प्राथमिकता दिनु पर्ने हो तर हाल खुलेका पत्रकार संग संवद्ध अधिकारकर्मी संस्थाहरुले महिला पत्रकारहरु लाई गुणस्तरीय बनाउन भन्दा आन्दोलनकारी भुमिकामा केन्द्रित गर्ने गरेको उनको बुझाई छ ।
वास्तवमा पत्रकारिता पेशामा संतुष्टि लिन सक्नेका लागि मात्रै हो भन्ने बुझाई पत्रकार राधा चालिसेको छ । रहर र बाध्यताले गरेको पत्रकारिताले निरन्तरता लिन नसक्ने र क्रमस पलायन हुने गरेको उनको बुझाई छ ।
पत्रकारितामा विगतमा भन्दा महिलाहरुको समर्पन बढेको पनि छ । आधा रात सम्म संसद बाहिर बसी रिर्पोटिंग गरी रहेका महिला पत्रकारलाई देख्दा निकै गर्व महशुस हुने गरेको सम्पादक पुष्कर माथेमा बताउनु हुन्छ । पत्रकार महिला वा पुरुष भन्दा पनि एउटा पत्रकारमा समाजलाई ३६० डिग्रीको कोणबाट विश्लेषण गर्ने क्षमता हुन आवश्यक छ । सफल र व्यवशायिक पत्रकारको गुण त्यही हो – माथेमा, २०१६)
“मोफसलमा महिला पत्रकारलाई रिर्पोटिंगका लागि बोलाउने गरिदैन । र्हाड न्युजकालागि महिला पत्रकारलाई विश्वास गर्ने वातावरण अझै पनि बनिसकेको छैन । महिला पत्रकार असक्षम त होईन तर समाजले महिला पत्रकारलाई स्विकार्ने र पचाउने वातावरण बनिसकेको छैन”(विचित्र,२०१६)
तर वरीष्ठ पत्रकार राजेन्द्र दाहालको कथन भने अलि फरक छ । यदी खोजमुलक र प्रभावकारी लेख रचना र रिर्पोटहरु आउने हो भने पाठकहरु जहिले पनि महिलाका प्रस्तुुतिहरु पढ्न उत्सुक रहन्छन् । विस्तारै बढ्दै गएको सामाजिक रुपान्तरण कै कारण पनि हुन सक्छ महिलाका आवाज प्रति समाज धेरै सचेत बनेको छ ।
तथ्यगत निस्कर्ष
ड्ड महिला पत्रकारको संख्या कम हुनमा महिला हरु यस क्षेत्रमा आर्कषित नहुनु पनि एक हो । कारण यो पेशामा चुनौति बढी हुने, सफट न्युजले मात्र पहिचान र प्रमोशनका मौका कम मिल्ने गरेका कारण महिला पत्रकार हरु यस क्षेत्रलाई खासंै व्यावशायिक बनाउन सकिरहेका छैनन् ।
-न्युनतम पारिश्रमिक पाउने महिला पत्रकार हरु धेरै कम छन् । अझ मोफसलमा रहरले पत्रकारिता गर्ने हरुको संख्या पनि त्यतिकै छ । शुरुमा रहरले पत्रकारिता गरे पनि जिउनका लागि आवश्यक न्युनतम पारिश्रमिक समेत नपाएको अवस्थामा बाध्यताले पत्रकारिता छोड्ने गरेको मोफसलका महिला पत्रकारहरुको रहेको छ ।
– महिला पत्रकारहरुलाई विश्वास नगर्ने र उनिहरुको बौद्धिक स्तरमा प्रश्न गर्ने गरिन्छ ।
– महिला पत्रकारहरु को गुणस्तर वृद्धिमा मिडिया हाउस हरु पनि खासै गम्भीर देखिदैन । अर्को तर्फ पुरुष पत्रकारहरु झै विहानको चिया र वेलुकाको तातो चियाको चुस्कीमा संलग्न हुन सक्दैनन् । त्यसैले समाचार तथा खोजीका विषयमा महिला पत्रकार वंचित हुनु पर्ने अवस्था छ ।
– महिला पत्रकारका पारिवारीक कारणले पनि महिलापत्रकारहरु आपनो काममा गुणस्तर बढाउन वंचितिकरणमा परेका छन् । पहिले पहिले एउटा भनाई थियो “पत्रकारका श्रीमती तातो र भात चिसो हुन्छ “ अहिलेको अवस्थामा सोही भोगाई महिला पत्रकारका छन् । वजेट भाषण तथा संसदिय रिपोर्टिंगमा जांदा समय ठेगान नहुने, समाचार लेखि घर पुग्दा श्रीमान रिसाउने कारण हार्ड न्युज तथा राजनैतिक विटमा रिर्पोटिंग गर्न महिला पत्रकारहरु चाहंदा पनि वंचित हुन पर्ने अवस्था छ । अझ त्यो दिनको न्युज बाई लाईन नआउला भन्ने चिन्ताले समेत पिरोली रहेको हुन्छ । कारण भोली पल्ट श्रीमानले तिमी त्यति राती सम्म अफिसमा थियौ भने तिम्रो बाईलाईन खोई भन्ने प्रश्न समेत गर्ने कारण महिला पत्रकार संधै त्रसित मनसायमा रहन्छन् (चालिसे, राधा २०१६ )
– न्युज रुम लैगिंक मैत्रि नहुनाले मानसिक तनाव हुने गरेको र काम गर्दा संवेदनसिल हुन नसकेको केही महिला पत्रकारहरुको गुनासो रहेको छ । लैंगिक हिंसा का विषयमा समय समयमा संचार माध्ययममा समेत सार्ववजिनिक हुंदा पनि यस विषयमा महिला पत्रकार हरु खुलेर बोल्न चाहंदैनन् ।
– संचारगृहले सवारी साधनको व्यवस्था गर्न असर्मथ भएका कारण अवेर राती हिड्दा यौन हिंसामा पर्ने गरेको महिला पत्रकारको भनाई रह्यो । सवारी साधनका लागि सडक किनारमा उभी रहंदा यति रकम दिन्छु जाने होईन भन्ने प्रश्न समेत ओईरिने गरकेो अनुभव छ एक सरकारी संचार माध्यममका महिला पत्रकारको । अझै नबुझेका कारण घर परिवार समाजकै भनाई बाट बच्न पनि पत्रकारिता छोड्ने महिला पत्रकार हरु छन् । तिमीले कमाएको पैसा भन्दा प्राथमिक शिक्षकको पारिश्रमिक बढी छ । बरु त्यही गर्नु भन्ने उर्दी समेत परिवारका सदस्य तथा श्रीमान बाट आउने गरेको महिला पत्रकारहरुको भनाई रहेको छ ।
– महिला पत्रकारको तुलनमा पुरुष पत्रकारको प्रमोशन हुने र तलब बढी हुने गरेको पनि महिला पत्रकारहरुको भनाई रहेको पाईयो ।
– महिला पत्रकारको कामको प्रकृति समाजले नबुझ्दा पनि परिवार समाजको भनाई र हजारौं प्रश्नको सामना गरी रहनु पर्दा वाक्क भएर पनि यो पेशा छोड्ने गरेको यस क्षेत्रलाई विगतमा पेशा बनाएका महिला पत्रकारहरुको भनाई रहेको छ ।
– महिलाका मासिक चक्रको समय र सुत्केरी अघि र पछिका समय कष्टकर हुने गर्दछ । महिलाको शारीरिक र मानसिक अवस्था प्रति धेरै कम संचार गृह संबेदनशिल छन् । महिलाको स्वास्थ्य संग प्रत्यक्ष जोडिएका यी तथ्यहरु प्रति संवेदनहिन हुदा पनि यो पेशा छोड्न पर्ने अवस्था रहन्छ । अझ शिशु स्याहारको लागि व्यवस्था नहुंदा अधिकांस महिला पत्रकारहरु सुत्केरी पछि संधैंको लागि यो पेशा छोड्ने गरेको अनुभव छ महिला पत्रकार हरु संग । सरकारी संचार माध्ययम हरुले केही विवेकशिलता भने अवश्य राखेका छन् तर नीजि संचार माध्ययममा जव महिला पत्रकार सुत्केरी हुने अवस्था आउंछन् तव उनको ठाउंमा को ल्याउने भन्ने विषयमा कसरत हुन थाल्दछ । भखैरै मात्र २ महिना कि सुत्केरी एक महिला पत्रकार विहान सवेरै समाचार पढन जांदा उनलाई चिसोको व्यथाले च्याप्न थालेको छ । नजाउं निकाल्ला र रोजगारी जाला भन्ने चिन्ता छ उनलाई ।
– विगत बैशाख १२ को भुकम्प पश्चात र नाका बन्दी पछि महिला पत्रकारको पलायन बढेको छ ।
– श्रीमानको पेशा र आफनो पेशा नमिल्दा पनि गोरखापत्र जस्तो संस्थाको स्थाई जागिरे पत्रकार समेत यस पेशा बाट पलायन भएका छन् ।
– महिला पत्रकार पलायन हुंदा संचारगृह हरु समेत समस्यामा परेका छन् । एउटा खारिएको पत्रकारले अचानक छोड्दा सो वीटमा काम गर्ने पत्रकार नहुंदा र नयालाई सिकाउन नै समय तथा आर्थिक भार व्यहोर्नु पर्दा संचार गृहहरु समेत समस्यामा परेका छन् ।
– महिला पत्रकारहरुले महिला र बालबालिका जस्ता वीट मात्र लिने गर्दा रिर्पोटिंगका लागि महिलाहरु बीच नै प्रतिस्पर्धा हुन्छ ।
– क्राईम बीट लिंदा महिला पत्रकारहरु बढी जोखिममा पर्ने गरेका कारण पनि यो बीटमा महिला पत्रकारहरु को रुची छैन । भ्रष्टाचार सम्बन्धि समाचार संकलन पछि आएको धम्कीका कारण हार्ड न्युज नै गर्न छोडेको एक मोफसलका महिला पत्रकारको भनाई छ ।
– विगतमा पत्रकार उमा सिंहको हत्यामा उनको पत्रकारिता समेत जोडिएकोले अझै पनि तराईमा महिला पत्रकारहरु खासै आर्कषित हुन नसकेको भनाई सो क्षेत्रका पत्रकारहरुको छ ।
– पत्रकार टिका विष्ट माथिको हमला पछि उनी काठमाडौ विस्थापित भईन । उनको लेखनकै कारण उनी माथि आक्रमण भएको उनको दावी छ । “किन चाहियो माओवादीलाई तिर्थाको सिन्दुर ?” शिर्षक को लेखकै कारण उनी माथि हमला भएको भनाई पत्रकार टिका विष्टको छ ।
निश्कर्ष
पत्रकारितामा महिलाको उपस्थितिले महिलाका एवं ं आदिवासी जनजाति महिलाका मानव अधिकार लाई प्रत्याभुति दिलाउन विशेष योगदान रहेतापनि महिला पत्रकारको न्युन उपस्थितिले महिलाका विविध मानव अधिकार प्रति सचेतना दिलाउन समस्या रहेको छ । विशेष गरी महिला हरु अझ आदिवासी जनजाति महिलाहरुको सहभागिता कृषि जन्य उत्पादनमा, जिविकोपार्जन तथा घरायसी काममै व्यस्त रहनु पर्ने बाध्यता, भाषिक समस्या तथा शिक्षा बाट बंचितिकरणका कारण पत्रकारिता लाई व्यावशायिक पेशाको रुपमा अपनाउने को संख्या अत्यन्त न्युन छ । अर्को तर्फ चेतना र आर्थिक अभावका कारण यो पेशामा आकर्षित हुन नसक्नु पनि कारक बनेको छ । यस अर्थमा महिला पत्रकारहरु को उपस्थितिलाई बढाउन राज्य सरकार तथा सरोकारवाला हरुको विशेष पहलकदमीको आवश्यकता पर्दछ । यसका लागि महिला पत्रकारहरु लाई यस क्षेत्रमा आर्कषित गर्न आवश्यक, सचेतनाकमुलक कार्यक्रम, तालिमको व्यबस्था तथा आर्थिक अनुदान जस्ता विकासमुलक कार्यक्रमको अल्पकालिन तथा दिर्घकालिन योजना बनाउन तथा त्यसको कार्यान्वयन गर्नु अपरिहार्य छ । जसको प्रभावले महिलाहरु यस क्षेत्रलाई व्यावशायिक पेशा बनाउन प्रेरित हुने छन् भने महिला पत्रकारको उपस्थितिले कम पढे लेखेका र ग्रामीण भेगका आदिवासी जनजाति लगायतका महिला हरुमा आफना हक अधिकार प्रति सचेत हुन पत्रकारिता मार्फतका प्रस्तुति तथा वकालती पहलले बल दिने छ । यसले एउटा हिंसा रहित समाजकोे परिकल्पना लाई साकार पार्र्न सक्षम त हुने छ नै सुशासन अन्र्तगत विधिको शासन को प्रत्याभुति समेत हुने छ । जसले समाज एवं राष्ट्र विकासमा समेत थप योगदान दिदै विश्वमा दिगो शान्तिका लागि पहिचान गरिएका आधारस्तम्भहरु आर्थिक पुनरुत्थान तथा सामजस्यता लगायतका अवयवहरु लाई कार्यान्वयन गराउन महिला पत्रकारको भुमिकाले सकारात्मक परिणाम दिने छ ।
(लेखक – नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष तथा नेवा पत्रकार राष्टिय दबुका उपाध्यक्ष हुन )