‘प्रकाश दाहालले रसरंगमा भुलेर अवैध धन्दा चलाएको’ समाचार लेख्ने पत्रकारलाई पत्र

काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव पुत्र प्रकाश दाहालले राजधानीबाट प्रकाशित एक दैनिकमा आफूबारे गलत तथा भ्रामक समाचार लेखेको भन्दै उजुरी दिएका छन् । उनले प्रेस काउन्सिल नेपालमा हिजाे उजुरी दिएका हुन् । हिजाे एक दैनिक पत्रिकाले प्रकाशले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपेन्द्र महतोले ‘प्रकाशलाई रसरंगमा भुलाएर व्यापारका नाममा अवैध धन्दा सञ्चालन गर्न लागेको’ समाचार प्रकाशित गरेको थियो ।

साे उजुरीमा अत्यन्तै गलत, भ्रामक, कपोलकल्पित तथा एकपक्षीय समाचार प्रकाशित गरिएको तथा सम्बन्धित व्यक्तिको प्रतिक्रियासमेत नराखी नियोजित समाचार प्रकाशित गरेकामा कारबाही माग समेत गरिएको छ ।  प्रेस काउन्सिलले सम्बन्धित व्यक्तिको भनाइ नराखी किन त्यस्तो समाचार प्रकाशित गरिएको हो ? र समाचारको सत्यताको आधार के हो ? सो समेत स्पष्ट हुने गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन समेत दिएको छ ।