इन्ट्याग्रीटी आइडल २०१६ को उपाधी गुल्मीका डोर विक्रम श्रीसलार्इ

काठमाडाै । सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक बर्ष प्रदान गर्ने इन्ट्याग्रीटी आइडल २०१६ को उपाधी गुल्मीका डोर विक्रम श्रीसले प्राप्त गर्नु भएको छ ।  एक कार्यक्रमका विच इन्ट्याग्रीटी आइडल २०१६ को घोषण गरिएको थियो । विजेता श्रीस शिद्धबाबा उ.मा.वि. तम्घास ९, गुल्मिका प्रधानाध्यापक हुनुहुन्छ । कार्यक्रमको मुख्य अतिथी नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले ज्यूले नकारात्मकताको बिचमा सकारात्मक अभ्यासको थालनि गरेकोमा आयोजक संस्था एकाउन्टबिलिटी ल्याबको अभ्यासको प्रशंसा गर्नुभएको थियो ।