अमेरिकामा नेपाली उत्पादन तथा सेवाको बृहत प्रदर्शनी हुने

काठमाडौँ ।  अमेरिकाको ब्यापारिक शहर न्युयोर्कमा नेपाली उत्पादन तथा सेवाको प्रदर्शनी हुने भएको छ । वोर्ल्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट एलएलसीको आयोजनामा यहि आगामी सेप्टेम्बर ३० देखि अक्टोबर ३ सम्म प्रदर्सनी हुने भएको हो ।

प्रदर्शनीमा नेपालमा विभिन्न किसिमका ब्यापार ब्यबसायमा संलग्न सस्थाले स्टल राख्न पाउनेछन् । बिशेष गरेर गलैचा, थान्का, जडिबुटी, पर्यटन, होटेल,दुग्ध उत्पादन, खुकुरी, पश्मिनासंग सम्बन्धित काम गर्ने संस्थाहरुले उक्त कार्यक्रममा स्टल राखी अन्तरास्ट्रिय बजारमा आफ्नो उपस्थिति दह्रो बनाउन सक्ने कुरा संस्थाका सूचना प्रमुख सुदिप पोखरेलले जानकारी दिए ।

नेपाल र अमेरिकाबीच व्यापार व्यवसाय विस्तार गर्न चाहने नेपाल तथा विश्वभरि छरिएर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायलाई एउटा व्यवसायिक प्लेटफर्म दिनु प्रदर्शनीको उदेश्य हो रहेको छ । यो व्यापारिक मेलामा विश्वभरिबाट ३ सय ५० भन्दा बढी उद्योगी तथा व्यवसायीहरुको संलग्नता हुनेछ ।

यो मेलाको अर्को उद्देश्य नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारसम्म पु¥याउने लक्ष्य भएकाले ७० प्रतिशत भन्दा बढी उद्योगी, व्यवसायी नेपालबाट भाग लिने छन् भने बाँकी ३० प्रतिशत विश्वभरिबाट सहभागिता हुनेछ । यो व्यापारीक मेलालाई अमेरिका स्थित विभिन्न नेपाली सामाजिक संघसंस्था, विदेशी संघसंस्था तथा अमेरिकी सरकारी निकायहरुसँग पनि सहयोग लिएर सफल बनाउनको लागि आयोजक कम्पनी जिम्मेवार हिसाबले लागि परिरहेको छ ।