नयाँ सरकारका २ उपप्रधानमन्त्री, सहायकमन्त्री नराख्ने

साउन १९ । काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेसबाट एकजना र माओवादीका एक उपप्रधानमन्त्री हुने भएका छन् । काँग्रेसबाट विमलेन्द्र निधी तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा उपप्रधानमन्त्री हुनेछन् । निधीले काँग्रेसको तर्फबाट सरकारमा नेतृत्व समेत गर्नेछन् ।bimalendraa

महरा

महरा

प्रचण्ड नेतृत्वको सरकारमा अघिल्लो सरकारको भन्दा कम मन्त्री हुने जानकारी प्राप्त भएकाे छ ।

निवर्तमान प्रधानमन्त्री केपी ओलीले ६ उपप्रधानमन्त्री राखेर बेर्इजत गरेकाे भन्दै प्रचण्डले दुई मात्र उपप्रधानमन्त्री राख्ने तयारी गरेका हुन् ।