हुम्लामा विमान दुर्घटना

काठमाडौँ । मकालु एयरलाईन्सको विमान कर्णाली नदी किनारमा फोर्स ल्याण्डिङ गरिएको छ।

हुम्लाको सिमिकोटबाट नेपालगन्जका लागि उडेको सिंगल इन्जिन भएको जहाजमा इन्जिन फेल भएपछि पाइलटले विमानलाई फोर्स ल्यान्डिङ गराएका हुन् । उडेको ५ मिनेटपछि इन्जिन केही समस्या भएपछि पाइलटले बिमान सिमिकोट विमानस्थलमा ब्याक गर्न खोजेका थिए। तर बिमान बिमानस्थलसम्म पुग्न सकेन र सिमिकोटको राउतेरानीस्थित कर्णाली नदी किनारमा फोर्स ल्याण्डिङ भएको हो।

विमान क्याप्टेन साँगे लामाले विमान उडाएका थिए । विमानमा कुनै यात्रु थिएनन् । विमानमा सवार  दुई जना पाइलट सकुशल छन् ।  उद्धारका लागि सिमिकिोटमै रहेको हेलिकप्टर त्यसतर्फ उडेको छ ।