अर्थमन्त्री महरा चीन जाँदै

काठमाडौँ । सरकारको विशेष दूतका रुपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आज चीन भ्रमणमा जाँदैछन् ।

उपप्रधानमन्त्री महरा ११ बजे चीन प्रस्थान गर्ने  कार्यक्रम छ । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विश्वसनीय वातावरण तयार पार्नु र चिनियाँ पक्षलाई आश्वस्त पार्न महराको चिन भ्रमणको उदेश्य रहको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए ।

चीनमा रहदा महराले नेपाल चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण गर्ने विषयमा केन्दि्रत रहेर सम्बद्ध उच्च अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

उपप्रधानमन्त्री महरा भदौ ३ गते स्वदेश फर्कने छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले दूई छिमेकी देश चीन र भारतसँगको सम्बन्ध प्रगाढ र सुमधुर बनाउन भन्दै दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने निर्णय गरेको थियो ।