नेपाल र नेदरल्यान्डस बिचको दोस्रो खेल आज , नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप लिग अन्तर्गतको नेपाल र  नेदरल्यान्डसबीचको खेल आज सोमबार हुदै छ  । चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसको सामना गर्न लागेको हो  ।

पहिलो खेलमा नेपाल शनिबार ७ विकेटले पराजित भएको थियो   ।  जारी लिगमा १२ अङ्क जोडेको नेदरल्यान्डस शीर्ष स्थानमा छ । त्यस्तै चार अङ्क जोडेको नेपाल भने लिगको छैठौ स्थानमा छ । नेपाललाई विश्वकप खेल्ने आशा कायमै राख्न  आजको खेल जित्नैपर्ने दबाब छ ।  जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये चार शीर्ष टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने विश्वकप खेल्ने अन्तिम खुट्किलो मानिएको आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् ।

यदि नेपाल शीर्ष चारमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ ।  आजको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुने छ ।