भारतको स्वतन्त्रता दिवसको अवसरमा दुतावासमा बिशेष कार्यक्रम

भारतको ७० औ स्वतन्त्रताको अवसरमा नेपाल स्थित भारतीय दुतावासले बिशेष कार्यक्रमको आयोजना गरेको छ । यस अवसरमा भारतीय राजदुत रंजित् रेले भारतीय राष्ट्रपतिको शुभकामना संदेश पढेर सुनाएका थिए ।

कार्यक्रममा रेले भारतीय सेनाका भूपू सैनिक, मृतक सैनिकका आश्रित परिवार र बिधवा भएकाहरुलाई ४ करोड बराबरको रकम तथा कम्बल वितरण गरेका थिए । त्यस्तै विभिन्न जिल्लामा रहेका ५९ पुस्तकालयका लागि पुस्तक समेत वितरण गरिएको थियो । यस अवसरमा विभिन्न अस्पताल र गैर  नाफा मुलक संस्थालाई ४० एम्बुलेन्स र ८ बस पनि प्रदान गरिएको दुतावासले जनाएको छ  ।

हरेक बर्ष भारतीय दुतावासले स्वतन्त्रता दिवसको अवसर पारेर संस्कृतिक कार्यक्रमको साथ साथै बस , एम्बुलेन्स , पुस्तक लगायत अन्य सामग्री वितरण गर्दै आएको छ  ।