पत्रकार आक्रमणको निन्दा

नेपाल पत्रकार महासंघले नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको समाचार संकलनका क्रममा पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा भएको आक्रमणको निन्दा गरेको छ  ।   एभिन्यूज टेलिभिजनका पत्रकार किशोर चौधरी साउन ३० गते महाधिवेशन स्थल सानेपामा संघको आन्तरिक बिवादको खबर संकलन गर्न पुगेका थिए।

महासंघद्वारा जारी बिज्ञप्तिमा भनिएको छ  ‘  पत्रकार चौधरीले पत्रकारको परिचय दिँदादिँदै प्रहरीले लाठ्ठी प्रहार गरेको एभिन्यूज शाखाले जनाएको छ । आक्रमणबाट पत्रकार चौधरीको खुट्टा र ढाडमा चोट लागेको जनाइएको छ । महासंघ पत्रकार चौधरीमाथि भएको यो घटना निन्दा गर्दछ’ ।

महासंघले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न पनि सम्बन्धित पक्षसंग माग गरेको छ । प्रहरीकोको आक्रमणबाट चौधरीको क्यामरा समेत फुटेको थियो ।