बझाङ जाँदै गरेको बस बैतडीमा दुर्घटना, ४ को मृत्यु

काठमाडौँ । धनगढीबाट बझाङ जादै गरेको बस बैतडीको सिद्धेश्वर गाविसमा दुर्घटना भएको छ ।  घटनास्थलमा ४ जनाको शव भेटि्टएको छ ।

सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ बस सोमबार दिउँसो ३ बजेतिर बस सडकबाट करीब २ सय मिटर खसेको हो । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।