काभ्रेमा बस दुर्घटना: घाइतेको उद्धारमा खट्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेले काभ्रेमा भएको बस दुर्घटनामा घाइतेको तत्काल उद्दारका लागि हेलिकोप्टर परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उद्दार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन समेत दिएका छन् । घटनामा ३२ जनाको ज्यान गएको जनाएको छ ।