विश्व क्रिकेट लिग च्याम्पियनसिप: पारसको उत्कृष्ट प्रदर्शन

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको अहिले नेपाल र  नेदरल्यान्डसबीचको खेल जारी छ। चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसको सामना गरी रहेको हो ।

पहिलो खेलमा नेपाल शनिबार ७ विकेटले पराजित भएको थियो   ।  आजको खेलमा नेपालले टस हारेर ब्याटिंग गरि रहेको छ  ।  नेपालका लागि पारस खडकाले उत्कृष्ट प्रदर्शन गरेका छन्  । उनले ९४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ८४ रन बनाएका छन्  । उनी अशन मालिकको बलमा आउट भए  । उनले चौथो विकेटको लागि सागर पुनसंग ११८ रन्को साझेदारी गरे  ।

जारी लिगमा १२ अङ्क जोडेको नेदरल्यान्डस शीर्ष स्थानमा छ । त्यस्तै चार अङ्क जोडेको नेपाल भने लिगको छैठौ स्थानमा छ । नेपाललाई विश्वकप खेल्ने आशा कायमै राख्न  आजको खेल जित्नैपर्ने दबाब छ ।  जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये चार शीर्ष टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने विश्वकप खेल्ने अन्तिम खुट्किलो मानिएको आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । यदि नेपाल शीर्ष चारमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ ।