म्याद नाघेका सामानहरु रत्नपार्कमा जलाउ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि मुलक कारबाही गरेर सरकार जनता पक्षमा छ भन्ने संदेश दिन निर्देशन दिएका छन।

बजार अनुगमनबारे सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुलाई संयुक्तरुपमा निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले तत्काल एक्सन लिन निर्देशन दिएका छन। ‘काठमान्डौ, ललितपुर, भक्तपुर, पोखरा, जनकपुर, बिराटनगर लगायतका देशका प्रमुख स्थानहरुमा प्रतिनिधिमुलक कारबाही मात्र गर्न सकियो भने सरकार जनताको पक्ष र बेतिथिको विपक्षमा छ भन्ने संदेश जान्छ’ उनले निर्देशन दिदै भने ।

बिगतको सरकारको कमीकमजोरी औल्याउदै कारबाही गर्न अगाडी बढ्नेलाई आफ्नो सरकारले पूर्ण साथ दिने उनले बिश्वाश दिलाए। जनताको विपक्ष र बेतिथीको पक्ष अनि गलत काम गर्नेलाई सरकारले पुरस्कृत नगर्नेमा ढुक्क हुन उनले आग्रह गरे।  ‘कानुन संशोधन गरेर भए पनि कारबाही कडा गर्नु पर्छ’ उनले डेढ एक्सपायर भएका दुई चार कम्पनीका सामानहरुलाई रत्नपार्कमा सार्वजनिक रुपमा जलाएर सरकारले जनताको पक्षमा आवश्यक परे कठोर कदम चाल्छ भन्ने संदेश दिन निर्देशन दिए ।