बस दुर्घटना: मृतकको सख्या ३४ पुग्यो, १७ जनाको सनाखत (नामावलीसहित)

काठमाडौँ । काभ्रेको बिर्ता देउराली गाविसमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। घटनास्थलमा ३३ जनाको र एक जनाको काठमाडौंको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृतक मध्ये १७ जनाको सनाखत भएको छ ।  सनाखत हुनेमा केदार गौतम, शुभद्रा गिरि, बिदुर परियार, निलकण्ठ गौतम, जयभद्र परियार शिख्नाथ गौतम, माइली चौलागाई, केशब नेपाली, कोपिला गौतम, बिष्णु कार्की, शोभा गिरि, लुङ्ग दोर्जे तामांग, सुनिल बर्देवा, गोविन्द गौतम, दिपक गौतम, निलकण्ठ गौतम, विनोद गौतम रहेका छन् ।

दुर्घटनामा ४३ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएको छ भने नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएका २८ मध्ये १८ जनाको ट्रमा सेन्टरमा र १० जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा ३ ख १०६ नम्बरको अरनिको यातायातको बस बिर्ता देउराली र गोठपानी गाविसको खहरे खोलामा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।