नेदरल्याण्डस बिरुद्द नेपालको शानदार जित

काठमाडौँ  । विश्व क्रिकेट लिग च्याम्पियनसिप लिग अन्तर्गत नेपालले नेदरल्यान्डस बिरुद्द शानदार जित हात पारेको छ । आज सोमबार नेदरल्याण्डसको घरेलु मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्डसलाई १९ रनले पराजित गरेको हो  ।  २१८ रनको लक्ष्य पाएको नेदरल्याण्डस ४८.३ ओभरमा अल आउट हुदै १९८ रन मात्र जोड्यो ।

नेपालका लागी सोमपाल कामि, बसन्त रेग्मी र पारस खड्काले समान २-२ विकेट लिए भने शक्ति गौचन, सागर पुन र सन्दिप लामिछानेले समान १-१ विकेट लिए ।   यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले नेदरल्याण्डसलाई २१८ रनको लक्ष्य दिएको थियो ।

नेपालले निर्धारित ५० ओभरमा ९  विकेट गुमाउदै  २१७ रन जोड्यो  । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट प्रदर्शन गर्दै ९४ बलमा ८४ रन जोडे  । उनले ९४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ८४ रन बनाएका छन्  । उनी अशन मालिकको बलमा आउट भए  । उनले चौथो विकेटको लागि सागर पुनसंग ११८ रन्को साझेदारी गरे  ।  त्यस्तै सागर पुनले ४५ रन, ज्ञानेन्द्र मल्लले ३९ रन  जोडे  । राजु रिजाल शुन्य रन मै आउट भए भने अनिल मण्डल र शरद भेषवाकरले क्रमश: ४ र ६ रन जोडे  ।  बिनोद भण्डारीले १७   रन जोडे   ।   नेदरल्यान्डससंगको   पहिलो खेलमा नेपाल शनिबार ७ विकेटले पराजित भएको थियो   ।

  यो जित संगै नेपालको ६ अंक भएको छ     ।  केनियाको पनि ६ नै अंक भए पनि नेट रन रेटको आधारमा नेपाल भन्दा अघि छ    ।  केनियाले नेपालको भन्दा २ खेल कम खेलेको छ    ।  जारी लिगमा १२ अङ्क जोडेको नेदरल्यान्डस शीर्ष स्थानमा छ ।   जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये चार शीर्ष टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने विश्वकप खेल्ने अन्तिम खुट्किलो मानिएको आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् ।

 यदि नेपाल शीर्ष चारमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ ।