मुस्लिम समुदायलाई इक्यानको सहयोग

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले झापाका बाढी पीडितलाई सहयोग गरेको छ । मुस्लिम बाहुल्यता रहेको झापाको पाठामारी गाबिसका ४ सय परिवारलाई इक्यानले राहत सामाग्री उपलब्ध गराएको हो ।

चामल, नुन, चिनी र दाल गरेर ४ लाख बराबरको सामाग्री इक्यान मार्फत पीडितलाई बाढिएको पाठामारी गाबिस सचिब बाबुराम पोखरेलले बताउनुभएको छ । पोखरेलका अनुसार उक्त गाबिसमा करिब ११ सय परिवार बाढिपिढित छन । इक्यानमार्फत भने गाबिसका एक, दुई, तीन वडाका ४ सय पीडित परिवारलाई सामाग्री बितरण गरिएको थियो ।

rahat

बिभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, प्रहरी प्रशासनको उपस्थितीमा इक्यानका अध्यक्ष प्रकाश पाण्डेले राहत वितरण गर्नु भएको थियो । पाण्डेले आफु आबद्द सस्थाले केही पिढित नेपालीलाई थोरै भएपनी राहत प्रदान गर्न सकेकोमा खुशी ब्यक्त गर्नुभयो ।

अझ मुस्लिम समुदायमा राहत सामाग्री बितरण गरेर एउटा राम्रो सन्देस दिन सकेको पाण्डेको भनाइ थियो । इक्यानको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सस्थाले यस्ता गतिबिधी गर्दै आईरहेको छ। समाजमा सकरात्मक काम गर्न इक्यान सदैब तत्पर रहने इक्यान सचिब तथा सिएसआर बिभाग प्रमुख देवीदास भट्टराई बताउनुहुन्छ ।rahat1