क्षमताभन्दा बढी यात्रु नराख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिएको छ ।

मन्त्रालयले कडाइका साथ अनुगमन गर्न स्थानीय प्रशासन र प्रहरीलाई मन्त्रालयले निर्देशन दिएको हो ।अहिले रुट परमिट नलिएको ठाउँमा पनि गाडी गुडाउने र नयाँ गाडी पिचमा र पुरानो गाडी कच्ची बाटोमा कुदाउने गरेकाले दुर्घटना बढेको मन्त्रालयको निष्कर्ष छ ।

क्षमता भन्दा बढी यात्रु राखेका कारण सोमबार काभ्रेमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।