भूकम्पपीडितलाई एकमुष्ट ५ देउ- बाबुराम

काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भूकम्पपीडितलाई एकमुष्ट रू ५ लाख दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

गत बर्षको बैशाख १२ को केन्द्र बिन्दु रहेको गोरखा पुगेका भट्टराईले एक अन्तरक्रियामा नयाँ सरकारसंग एकमुष्ट ५ लाख माग गरेका हुन् । भूकम्पको डेढ बर्षपछि पनि केन्द्रविन्दू रहेको गोरखा जिल्लामा नै पुनर्निर्माण कार्य कछुवा गतिमा भैरहेको सन्दर्भमा नयाँ शक्ति नेपालको संघसंस्था विभागद्वारा गोरखामा आयोजित अन्तर्क्रियाको आयोजना गरेको थियो ।

अन्तरक्रियामा भट्टराईले पुनर्निर्माणनिम्ति अहिलेसम्म जम्मा रू ५० हजार मात्र वितरण हुनु लज्जास्पद भएको पनि टिप्पणी गरे । गोरखा बाबुरामको गृह जिल्ला हो ।