डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौँ । भारतमा डिजेल र पेट्रोलको मूल्य घटेको छ ।  सोमबार राती देखि लागु हुने गरी पेट्रोलको मुल्यमा मा १ भरतीय रुपियाँ तथा डिजेलको मुल्यमा २ भारतीय रुपियाँ कम भएको हो ।

मूल्य समायोजनपछि दिल्लीमा पेट्रोलको मुल्य भारु ६० रुपियाँ ९  पैसा रहेको छ भने डिजलको ५० रुपियाँ २७ पैसा रहेको छ  । भारतमा मूल्य घटेसंगै नेपालमा पनि मूल्य घट्ने सक्ने आँकलन गरिएको छ । भारतीय आयल निगमले नेपाललाई हरेक १५ दिनमा नयाँ मूल्य सुची पठाउने गरेको छ  ।

तर नेपाल आयल निगमले भने त्यस अनुसार नै समायोजन गर्ने गरेको छैन । नेपाल आयल निगमले यस अघि साउन १८ गते मूल्य संयोजन गरेको थियो  । हाल नेपालमा पेट्रोल प्रतिलिटर ९७ रुपियाँ,  डिजेल र मट्टितेल प्रतिलिटर ७३ रुपियाँमा बिक्रि भईरहेको छ  ।