यस्तो छ नेविसंघको परिवर्तित निर्बाचन तालिका

काठमाडौँ । विवादका  कारण लम्बिएको  नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यतालिका फेरी परिवर्तन भएको छ।

यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेको निर्वाचन समितिले आज नयाँ तालिका सार्बजनिक गरेको हो । भदाै १ गते विहान सात बजेदेखि साँझ सात बजेम्म मतदान गर्ने गरी नयाँ तालिका सार्बजनिक गरिएको हो।

यस्तो छ तालिका

१.    उम्मेदवारको मनोनयन दर्ता :– २०७३ श्रावण ३२ गते विहान ८ः०० वजेदेखि १२ः०० वजेसम्म ।

२.  उम्मेदवारको पहिलो नामावली प्रकाशन :– २०७३ श्रावण ३२ गते दिउसो २ः०० बजे  ।

३.    उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय : २०७३ श्रावण ३२ गते दिउसो २ः३० बजेदेखि ३ः०० बजेसम्म ।

४.    दोस्रो उम्मेदवारको नामावली प्रकाशन  : २०७३ श्रावण ३२ गते दिउसो ३ः३० बजे ।

५.    उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध : २०७३ श्रावण ३२ गते दिउसो ३ः०० बजेदेखि ३ः३० बजेसम्म ।

६.    दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन : २०७३ श्रावण ३२ गते अपरान्ह ४ः०० बजेसम्म ।

७.  उम्मेदवारीको नाम फिर्ता : २०७३ श्रावण ३२ गते दिउँसो ५ः३० वजेसम्म ।

८.    उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७३ श्रावण ३२ गते साँझ ६ः३० बजे ।

९.    मतदान : २०७३ भाद्र १ गते विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म । नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।

१०.  मतगणना :  मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।