तीनवटा क्लिनिकमा शीलबन्दी

काठमाडौँ । काठमाडौंमा अनुमति पत्र नवीकरण नगरी  सञ्चालित तीनवटा क्लिनिकमा अनुगमन टोलीले  शिलबन्दि गरेको छ ।

सरकारको विशेष अनुगमन टोलीले काठमाडौं सिनामंगलका २ क्लिनिक र एउटा फार्मेसीमा शील गरेको हो ।सिनामंगलमा रहेको ज्ञानगंगा फार्मेसी, एमएभी पोलीक्लीनिक र सिनामंगल हेल्थकेयरलाई अनुगमन टोलीले शील गरेको छ ।

ज्ञानगंगा फार्मेसीले २ वर्षदेखि अनुमति नवीकरण गरेको थिएन भने एमएभी पोलीक्लीनिकको अनुमतिको म्याद एक वर्ष अघि नै सकिएको थियो । सिनामंगल हेल्थकेयरको अनुमति नवीकरण नभएको ८ महिना बितेको थियो ।