नेबीसंघको अध्यक्षमा ८ जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहेका छन् । त्यस्तै महामन्त्रीमा ५ र कोषाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

महामन्त्रीमा कुन्दनराज काफ्ले, हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेलको उम्मेदवारी परेको छ ।  कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिएका दिएका छन् ।

नेविसंघका १ सय २९ पदका लागि ६ सय ८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।