चिनियाँ राष्टपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

जवाफमा खछ्याङले यसबारे आवश्यक संयोजनका लागि दुई देशका परराष्ट्र मन्त्रालय नियमित सम्पर्कमा रहने बताए । भेटमा उपप्रधानमन्त्री महराले नेपालको आर्थिक सामाजिक विकासमा चीनले गरेको सहयोगको प्रशंसा गरेका छन् ।

मन्त्री महराले चिनियाँ राष्टपति सी जिनपिङलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन् ।