नेवि सङ्घको मतदान सकियो, मत मरिणाम आजै

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको मतदान सकिएको छ ।

बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहिबार बिहान ९ः४५ मा सकिएको हो । निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३०७ प्रतिनिधिले मतदान गरेका छन् ।

उनले मत केहीबेरपछि गणना हुने र तीन घन्टाभित्र मतपरिणाम सार्वजनिक गरिने जानकारी दिए ।