नेविसंघको सभापतिमा नैनसिंह महर

काठमाडाै । नेविसंघको सभापतिमा नैनसिंह महर विजयी भएका छन् । अाज सम्पनन्न मत परिणाम अनुसार १४९२ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन् ।
यससँगै नेविसंघको महामन्त्रीमा पनि महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।

प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन् भने प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्। प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् । अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ। निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापा निकट मानिन्छन।