सुतिरहेका व्यक्तिको गोली हानेर हत्या

काठमाडौँ । कपिलवस्तुको सौराहा गाविसमा एक व्यक्तिको गोली हानेर हत्या भएको छ ।

अज्ञात व्यक्तिको गोली प्रहरबाट बेलभरियाका कुमार मल्लाहका ३२ वर्षीय छोरा राजु मल्लाहको मृत्यु भएको हो । शुक्रबार बिहान करिब २ बजेको समयमा घरमै सुतिरहेका मल्लाहलाई अज्ञात व्यक्तिले गोली हानेको परिवारका सदस्यहरुले बताएका छन् ।

गोली हान्ने व्यक्तिको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यलाय कपिलवस्तुले जनाएको छ ।