१२५ जना डिएसपीको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा गरेको छ । प्रहरीका १२५ जना डिएसपीको एक साथ सरुवा गरिएको हो ।

काठमाडौंको थानकोट बृतमा डिएसपी कृष्ण पंगेनी आएका छन् भने डिएसपी कुमोद ढुंगेललाई रामेछाप जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ । गोविन्द पुरीलाई महाराजगञ्ज बृतको जिम्मेवारी दिएको छ ।

त्यस्तै गुरु विष्णु काफ्लेलाई जिल्ला प्रहरी कार्यालय जुम्ला पठाइएको छ । चित्र गुरुङ मनाङ, दलबहादुर बोगटी बाजुरा र प्रविणलाल श्रेष्ठ जिल्ला प्रहरी कार्यालय धनकुटा सरुवा भएका छन् ।

डँडेलधुरामा लागुऔषध नियन्त्रण ब्यूरोका डिएसपी प्रेम शाही, बैतडीमा बालनरसिंह राणा र योगेन्द्र कुमार खड्का कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख भएका छन् ।