निधि र भारतीय विदेशमन्त्रीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूत विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।

बिहीबार दिल्ली पुगेका निधिले शुक्रबारबाट उच्चस्तरीय भेटवार्ता सुरु गरेका तिए । उनले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेका छन् ।लगतै भारतीय विदेशमन्त्री स्वराजसँग भेट भएको छ । उपप्रधान एवं गृहमन्त्री निधिले साँझ राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने छन् ।